• १८ असार २०८१, मङ्गलबार

इलेक्ट्रोनिक्स पसलमा आगलागी

blog

विष्णुप्रसाद पोखरेल

दमक, जेठ २२ गते । झापाको मेचीनगर नगरपालिकामा आइतबार विहान एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको न्यू पाथीभरा भेराइटिज स्टोरमा विहान १० बजेतिर शुरु भएको आगलागी मध्यान्ह १२ बजे नियण्त्रणमा आएको प्रहरीले जनाएको छ ।

स्थानीय व्यवसायी ज्योति कोइराला सञ्चालन गर्नुभएको उक्त पसलमा विद्युत सर्ट भई आगलागी भएको र करिब एक करोडको क्षति भएको बताइएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीकाअनुसार आगलागी नियत्रणका लागि मेचीनगर, भद्रपुर, दमक र विर्तामोड नगरपालिकाको दमकल बोलाइएको थियो ।

पसलमा रहेका फ्रिज, इन्डक्सन, राइस कुकर, प्रेसर कुकर, हिटर, कुलरलगायतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । बजारको बीच भागमा आगलागी भएका कारण स्थानीय व्यवसायीहरु त्रसित हुनुभएको थियो ।