आज १६ औं गणतन्त्र दिवस । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा १६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ ।
एक समयको कुरा हो, कक्षा ५ मा पढ्ने सौरभ नामको एउटा केटा थियो । साथीहरूलाई जिस्क्याउन, झगडा गर्न अनि दुःख दिनमा उसलाई निक्कै आनन्द आउथ्यो । आफ्ना कारणले अरूले दुःख पाएको र रोएको देख्दा उसलाई निकै रमाइलो लाग्थ्यो । सौरभको गलत स्वभावका कारण उसलाई कसैले पनि मन पराउँदैन थिए । उसको उदण्ड स्वभावका कारण उसको सामुन्नेमा केही भन्न नसके पनि सबैले सौरभलाई गाली गर्ने र सराप्ने गर्दथे । विद्यालयका शिक्षक, घरपरि
चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ ।
जता हेर्छु, अनौठो खालका परिदृश्य मात्रै देख्छु । पहिला पहिला त्यति घटित नभएको अवस्थासँग त्यसलाई तुलना गर्दा पूरै नयाँपनको आभास उपलब्ध छ भन्न सकिन्छ । यद्यपि पछिल्लो समय सूचकका रूपमा बारम्बार उस्तै घटनाहरूले पुनरावृत्तिको रूप लिन थालेपछि भने त्यो परिवेश नै नयाँ परिघटनाहरूको लक्षित उद्देश्यमा अलग र पृथक् स्वरूप लिएर आविष्कार हुने हदसम्म नपुग्दोरहेछ, र
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनु भएको छ ।
युवापुस्तामा ‘बबल टी’ को क्रेज दिनानुदिन बढ्दो छ । फेसनका रूपमा चलेको यो चिया छोटो समयमा लोकप्रिय हुँदै छ । ‘बबल टी’ अन्य चिया जस्तो तातो हुँदैन, यो चिसो पिउने हो । यो चिया ‘आइस टी’ जस्तै हुन्छ ।
इराकमाथि सैन्य कारबाही गर्न हुँदैन भनी अरब क्षेत्र मात्र होइन सारा विश्व समुदायले आवाज उठाएको थियो । अमेरिका र बेलायतमासमेत सैन्य कारबाहीको विरोधमा ठूला प्रदर्शन भएका थिए । संयुक्त राष्ट्रसङ्घले समेत
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आइतबार योजनाबद्ध विकासमार्फत वित्तीय सुशासन, गुणस्तरीय पूर्वाधार एवम् सामाजिक क्षेत्रको विकासमा जोड दिइने बताउनुभयो। उहाँले आधारभूत आवश्यकतामा नागरिकको सरल र सहज पहुँच विस्तार, प्रभावकारी सेवा प्रवाह र स्रोत साधनको उच्चतम परिचालनमार्फत सन्तुलित विकासमा जोड दिइने बताउनुभयो।
सिन्धुलीको कमलामाई नगरपालिकामा बीपी राजमार्ग अन्तर्गत दायाँबायाँ किनारामा बन्ने घरको नक्सापास रोकिएपछि जग्गाधनी आन्दोलित बनेका छन्। उक्त सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ ३१/३१ मिटरभित्र घरको नक्सापास नगरपालिकाले रोकेपछि सुकुमवासी बन्ने सम्भावना देखेर आन्दोलित हुनु परेको जग्गाधनीको गुनासो छ। उनीहरूका अनुसार बिपी राजमार्ग निर्माणको बेलामा २०५८ सालतिर नै सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ १५/१५ गरी ३० मिटर जग्गाको मुआब्जा जग्गाधनीले बुझेका थिए तर अहिले नगरपालिकाले त्योभन्दाबाहेक दायाँबायाँ थप १६/१६ मिटर जग्गा सडकको क्षेत्राधिकार भन्दै नक्सापास रोकेको छ।
नागरिकले अझै पनि संविधानले दिएको मौलिक हकका रूपमा रहेको आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित रहेका छन्। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तह बनेर सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेपछि संविधान र जनस्वास्थ्य सेवा ऐन अनुसार नागरिकले गुणस्तरीय सेवा पाउने विश्वास गरिएको थियो तर स्थानीय तह बनेको छ वर्षको अवधिमा समेत स्वास्थ्य क्षेत्रमा न्यूनतम काम हुन सकेको छैन।
‘रूप’ र ‘सार’ ! यी दार्शनिक शब्दावलीमाथि घागडान बहस गर्नेमा सायद कविहरू नै छन्– ‘फ्रन्ट लाइन’मा । त्यसमा पनि झन् ‘प्रगतिशील कवि’हरू । एक दशकअघिको स्मृतिमा पसिहेर्दा, मैले एक कार्यक्रममा कवितामाथि टिप्पणी उठाएको थिएँ, ‘१० जना प्रगतिशील कविका कविता नाम छोपेर पढे कसको हो छुट्याउन हम्मे हुन्छ ।’ बोलेको त्यत्ति मात्रै हो । तर ‘फ्रन्ट लाइन’का एक हुल ‘प्रगतिशील कवि’हरूले पाखुरा सुर्किए । ती भुनभुनाइरहे मेरो वरिपरि, झिँगाझैँ ।
आज नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिन । दशकौँ लामो सङ्घर्ष क्रमबद्धतासँगै २०६२/६३ को शान्तिपूर्ण संयुक्त जनआन्दोलनको लक्ष्य सुनिश्चित ग-यौँ । सोही आन्दोलन सफलताको जगमा विसं २०६५ जेठ १५ गते वंश परम्पराको राजतन्त्र हटाएर जननिर्वाचित संविधान सभाले गणतन्त्र घोषणा गरेको गौरवपूर्ण दिन । अन्तरिम संविधान २०६३ अनुरूप निर्वाचित संविधान सभाले दुई शताब्दी नेपाली जनमा शासन गरेको राजतन्त्र विस्थापित गरी गण
विश्वको आमसञ्चार प्रणाली विज्ञान र प्रविधिले जसरी फड्को मारेको छ त्यसबाट देश नेपाल पनि सँगसँगै घिस्रिरहेको छ । यद्यपि अत्याधुनिक सञ्चार प्रणालीसँग जोड्नुअघि नेपाली समाज र त्यसमा पनि आदिवासी जनजाति समुदायको आफ्नो छुट्टै परम्परागत सञ्चार प्रणाली थियो र छन् । प्रस्तुत आलेखमा आदिवासी किरात राई जातिको लोकपरम्परा, सामाजिक मूल्यमान्यतालाई केन्द्रबिन्दु बनाइएको छ ।