लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा भएको छ। मतदान स्थल निर्माण, मतदान व्यवस्थापन तथा सुरक्षा व्यवस्था मिलाइएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। राष्ट्रिय सभा सदस्यमा रिक्त रहेको एक सदस्यका लागि बुधबार लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुने भएको हो। उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान स्थल निर्माण गरिएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ। “राष्ट्रिय सभा उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ,” सूचना अधिकारी कुँवरले भन्नुभयो, “बिहान १० बजेदेखि मतदानको व्यवस्था मिलाएका छौँ।”
भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बृहत् राम कथा प्रवचन सुरु भएको छ। भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूले कथा वाचन सुरु गर्नुभएको हो। फागुन ३ सम्म चल्ने कथा वाचनमा नेपाल, भारतसहित विश्वभरका धार्मिक एवं आध्यात्मिक भक्तजनको सहभागिता छ। यसले लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने भन्दै स्थानीय र पर्यटन व्यवसायी हर्षित देखिएका छन्।
बाँकेको सबैभन्दा पिछडिएको र दुर्गम मानिएको नरैनापुर गाउँपालिका पुग्न वडा नम्बर २ रोशनपुर्वाका बासिन्दालाई अहिले पनि भारतीय भूमि तथा बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। यस पालिकाको वडा नम्बर २ का बासिन्दालाई आफ्नै पालिकामा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। केही वर्षअघिसम्म नेपालगञ्जबाट सो गाउँपालिका पुग्न पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो तर सडक र पुल बनेपछि केही स्थानीयलाई राहत मिलेको छ।
कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को माघ २३ गते सोमबार बसेको बैठकले कर्णाली प्रदेशभर फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सोसम्बन्धी जानकारी सूचनामा दिएको छ।
नलगाड नगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता, असहायलगायत सामाजिक सुरक्षा भत्ता बस्तीमै पुगेर वितरण गर्न थालेको छ। विगत केही वर्षदेखि नगरका १३ वटै वडाका ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिला, बालबालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कबाट बुझ्ने गरेका थिए। भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा भत्ता लिन सेवाग्राहीलाई असहज भएपछि सामाजिक सुरक्षा भत्ता बस्तीस्तरमै पुगेर वितरण गर्न बैङ्कसँग सहकार्य गरिएको थियो।
सुर्खेतका उद्योगी व्यवसायीले व्यावसायिक सुरक्षाको माग गरेका छन्। वीरेन्द्रनगर बजार क्षेत्रमा बारम्बार चोरी हुने, सीसी क्यामरा नै लैजाने घटना हुन थालेपछि व्यवसायीले प्रशासनसँग सुरक्षाको माग गरेका हुन्। सरुवा भई भर्खरै आउनुभएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको स्वागत गर्दै व्यवसायीले बैङ्कको चर्को ब्याजको मारमा समेत व्यवसायी परेको प्रसङ्ग उठाउँदै व्यावसायिक सुरक्षाको माग गरेका हुन्।
कमलबजार नगरपालिका–५ का बासिन्दाले छोराछोरीको विवाह गर्नुपरेमा वडामा जन्मदर्ता पेस गरी उमेर पुगेको स्वीकृति लिनुपर्ने भएको छ। स्वीकृति नलिई विवाह गरेमा सामाजिक सुरक्षा, बालपोषण, विभिन्न सिफारिस काठको पुर्जीसमेत रोकिने वडाले जनाएको छ।
डोटीको शिखर नगरपालिका–८, गोपघाट तिलताली र वडा नम्बर १० बानेडुंग्रिसैन क्षेत्रमा राजमार्ग स्तरोन्नति गर्ने जिम्मेवारी पाएको निर्माण कम्पनी काम अधुरै छाडेर सम्पर्कविहीन भएको छ। मध्यपहाडी लोकमार्ग आवधिक मर्मत कार्यअन्तर्गत चार करोड ६२ लाख ७४ हजार रुपियाँको ठेक्का अलपत्र पारेर निर्माण कम्पनी फरार भएको हो। २०७९ वैशाख ३० गतेभित्र काम पूरा गरिसक्ने गरेर सडक डिभिजन कुलपाते र आशिष कन्स्ट्रक्सन कम्पनी प्रालि कैलालीबीच ठेक्का सम्झौता भएको थियो। कम्पनीले सम्झौता मितिभित्र काम नगरेपछि २०७९ वैशाख ३१ गते सडक डिभिजनले २०८० जेठ मसान्तसम्मका लागि म्याद थप ग-यो। म्याद थप भएको नौ महिना बित्दासमेत निर्माण कार्य अघि बढ्न सकेको छैन। निर्माणका नाममा कम्पनीले उल्टै राजमार्ग भत्काएर फरार भएको स्थानीयको गुनासो
पुरनसिंह ठगुन्ना अहिले ६० वर्षको हुनुभयो। ३१ वर्षको पौरखी उमेर हुँदा उहाँको परिवारले दार्चुलाको मार्मास्थित गुल्जरमा गुजारा गर्न सकेन। गरिबीको चापले थातथलो छोड्न बाध्य बनायो। गरिबी छल्न २०५० सालतिर कैलाली झर्नुभएका ठगुन्ना भन्नुहुन्छ, “अब यहाँ अभाव खेप्नु परिरहेको छैन।” परिवारमा धेरै सदस्य तर आम्दानी थोरै। जसको कारण गुल्जरमा गुजारा गर्न गाह्रो थियो उहाँको परिवारलाई। २९ वर्षदेखि कैलालीको घोडाघोडी नगरपालिका–४
नआएइ माघका मैना, मेरा आउन्या कोइन बुढी इजु पराइ भाइबैना, त्यार ल्याउन्या छैन विवाह गरेर गएकी छोरीचेलीले माघ महिना लाग्नुअघि ठाडीभाकामा यस्तै गीतिलयमा डेउडा गाउँछन्। यो गीत सुदूरपश्चिम र कर्णाली प्रदेशका चेली र माइतीसँग जोडिएको छ।
नेपालको प्रमुख भन्सार नाका वीरगन्ज अनि भारतसँग सोझै रेलवे सम्पर्क रहेको एक मात्र सुक्खा बन्दरगाह रहेको पर्सा जिल्लाको सीमावर्ती भारतीय बजार रक्सौलमा रहेको रक्सौल रेलवे स्टेसनमा नेपाल रेलवेको करिब २० बिघा जग्गा वर्षौदेखि अलपत्र अवस्थामा को छ ।
नेपाल चेम्बर अफ कमर्स दोलखा शाखाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सातदिने दोलखा महोत्सव आयोजना गर्ने भएको छ ।
मिस वल्र्डको विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ। मिस नेपाल वल्र्ड प्रियङ्कारानी जोशीले नेपाल विद्युत् प्राधिकरणसँग मिलेर उक्त गाउँमा बिजुली पु-याउनुभएको हो। विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुने भएका छन्।
हुम्लाको बुराउसे गाउँका लामा समुदायले मान्ने माने पर्व सकिएको छ। यस पर्वमा पुराना पुस्ताका बूढापाकाबाट युवाले आफ्नो संस्कृति, नाच, सिक्ने गर्छन्। सिमकोट गाउँपालिका–४ का राजबहादुर लामाले पुरानाबाट नयाँ पुस्ताले सिक्ने माने पर्व सम्पन्न भएको बताउनुभयो। चार दिनसम्म मनाइने यस पर्वमा बूढापाकाबाट नयाँ पुस्ताले खानपानदेखि गीत गाउने, नाच्ने, परम्परागत पहिरन लगाउनेबारे सिक्ने गर्छन्।
वसन्तपुर दरबार स्क्वायरस्थित महादेव पार्वती मन्दिर परिसरको डबलीमा एक दम्पती काठमा बुट्टा कुँद्न व्यस्त छ। गोपालकृष्ण शिल्पकार र बीना शिल्पकार विगत ६ महिनादेखि काष्ठकलामा तल्लीन रहनुभएको हो। उहाँहरूले विभिन्न जातका काठमा कलात्मक बुट्टा कुँद्दै महादेव–पार्वती मन्दिरको गरिमालाई दुरुस्त बनाउन मेहनत गरिरहनुभएको छ।