• १२ असोज २०८१, शनिबार

प्रियङ्कारानी जोशी समाजसेवामा

blog

काठमाडौँ, माघ २५ गते । मिस वर्ल्डकाे विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ। मिस नेपाल वल्र्ड प्रियङ्कारानी जोशीले नेपाल विद्युत् प्राधिकरणसँग मिलेर उक्त गाउँमा बिजुली पु-याउनुभएको हो। विपन्न चेपाङ र गुरुङ समुदायको बस्ती रहेको गाउँमा बिजुली पुगेपछि ५८ घरधुरीका ३५८ जना लाभान्वित हुने भएका छन्। 

महिला र बालबालिकाको जीवनस्तर सुधार्ने परियोजना सम्पन्न गर्नुपर्ने भएपछि प्रियङ्काले बिजुली नपुगेको उक्त गाउँ रोज्नुभएको हो। मिस वल्र्डले ‘ब्युटी विथ पर्पस’ परियोजना महिला र बालबालिकालाई लक्षित गर्दै आयोजना गरिरहेको छ। नेपाल यसअघि दुई पटक यो विधामा विजेता भइसकेकाले स्वाभाविक रूपमा यस पटक पनि दाबेदार हुनेछ। यस वर्षको मिस वल्र्ड आगामी मे महिनाको अन्त्यमा हुनेछ।