उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वासिङ्टनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले नागरिकमैत्री प्रहरी व्यवहार लागु गर्ने प्रतिबद्धता जनाएको छ । नयाँ सरुवा भएर आउनुभएका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले प्रहरी नागरिकको सुरक्षाका लागि खटिने भएको कारण व्यवहार पनि नागरिकमैत्री बनाइने बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गर्नु भयो ।
सप्तरीमा खाना पकाउनका लागि परम्परागत रूपमा प्रयोग गरिने गोरहाको प्रयोग बढेको छ । गोरहाको प्रयोगले खाना पकाउन र जाडोमा आगो ताप्न सहयोग पुग्ने हुनाले यसको प्रयोग बढेको स्थानीयको भनाइ छ ।
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले सामाजिक उत्तरदायी, सिर्जनशील र परिणाममुखी व्यावसायिक प्रहरी अधिकृतहरूको विकास गरी नेपाल प्रहरीको दक्ष जनशक्ति परिपूर्ति गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा कृषि, पर्यटन, व्यापारिक प्रवर्द्धनका लागि फागुन ३ गतेदेखि १३ गतेसम्म सातौँ नवलपुर महोत्सव हुनेभएको छ ।
नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालयको रूपमा चर्चा पाए पनि सञ्चालनमा आएको केही समयमै शौचालय प्रयोगविहीन भएको छ ।
राष्ट्रिय सभा उपनिर्वाचनमा तीन सय बढी मत खसेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो १:३० बजेसम्म तीन सय चार जनाले मतदान गर्नुभएको हो।
मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले ३४ जना बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको हो ।
केही समय पहिला बाजुरामा सामान ढुवानी गर्ने रूपमा प्रयोग हुँदैआएका गधा र खच्चर बिस्तारै लोप हुन थालेका छन् ।
इलामको माइजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँ बजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा निर्माण गरिएको छ । २१ फिट अग्लो प्रतिमा दुर्गा मन्दिरको प्राङ्गणमा निर्माण गरिएको हो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले समाजमा देखिएका विकृति, विसङ्गतिलाई निस्तेज पारी समतामूलक समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
सरोज खनाल र सुनिल थापा अभिनीत सिरिज 'लालबहादुर : द स्पार्क'को ट्रेलर सार्वजनिक भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।