विश्व फुटबल महासंघ (फिफा) ले अखिल भारत फुटबल महासंघ (एआइएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले भारतमाथिको प्रतिबन्ध दुई साता नपुग्दै फुकुवा गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म अयोजना हुने साफ महिला च्याम्पियनपसिप फुटबलका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
डिभिजन वन कार्यालय महोत्तरीले वर्दिवास १० खयरमारास्थित जंगली क्षेत्र नजिकको माधबटारे बस्तीबाट साखु जातका करिव एक सय क्यूफिट बराबरका काठ नियन्त्रणमा लिएको छ । बरामद गरिएका काठमा २० थान गोलिया तथा विभिन्न साइजका २२ थान चिरान रहेको छ ।
काठमाडौं, भदौ ११ गते । नेपाली चलचित्र 'छड्के २'को फस्टलुक सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको फस्टलुकमा अनमोलको ग्याङस्टार रुप देख्न सकिन्छ । चलचित्रमा रविन तामाङ्ग र कमलमणी नेपाल पनि देख्न सकिन्छ । निर्भाना फिल्म स्कुलको प्रस्तुतिमा तयार भएको चलचित्रमा निगम श्रेष्ठको लेखन तथा निर्देशन छ ।प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको फिल्मका निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता हुनुहुन्छ ।
सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सझिलो र रमाइलो नै लाग्छ । तर पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण बन्दैछ ।
प्रधानमन्त्री शेरवहादुर देउवा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)को उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण गरिएको सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्नुभएको हो ।
संयुक्त राज्य अमेरिकाले अमेरिकी कृषि मन्त्रालय (यूएसडीए) मार्फत् र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा श्रीलङ्काका विद्यालयका बालबालिकाको पोषणका लागि तीन हजार मेट्रिक टन खाद्यान्न सहयोग गरेको छ ।
लेखक तथा पत्रकार ईश्वर दाहालको औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोधूली’ सार्वजनिक गरिएको छ ।
ताप्लेजुङस्थित जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई पुनःस्थापनाका लागि सिफारिस गरेको छ । समितिले सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका १५२ घरधुरीलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको हो ।
हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता छ । यहाँ भिन्नभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन् । विभिन्न धर्म मान्ने मानिस विभिन्न चाडपर्व मनाउँछन् । त्यसमध्ये कुशे औँसी तथा बाबुको मुख हेर्ने पर्व पनि एक हो । गोकर्णे औँसीका रूपमा भाद्र कृष्ण औँसी यो पावन तिथिमा काठमाडौँ सहरदेखि उत्तर–पूर्वमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा ठूलो मेला लाग्छ ।
न जायते मृयते वा कदाचिन्नायं भूत्वा भाविता वा न भूय । अजो नित्यं शाश्वत्वयं पुराणो न हन्यते हन्य माने शरीरे ।। श्रीमद्भागवत् गीतामा वर्णित माथिको मृत्यु र शरीरसम्बन्धी श्लोकको आफ्नै तार्किक शक्तिबाट व्याख्या गर्ने समाजवादी चिन्तक प्रदीप गिरी (२००४ कात्तिक – २०७९ भदौ ४) पशुपति आर्यघाटमा भदौ ५ गते चितामा आफै प्रयोग बनिरहनुभएको देखिन्थ्यो । यसो त हामीहरू सबैको अन्तिम गन्तव्य त्यही नै हो । प्रदीप गिरीको दार्शनिक चिन्तन, समाजका बारे, नेपाली राजनीतिका बारे विश्लेषण गर्ने शैली अद्भूत भएकै कारण संसद्मा होस् या राजनीतिक कार्यक्रममा होस्, सबैथरी श्रोता बढी ध्यान दिएर सुन्ने गर्थे । एक किसिमले अजात शत्रुजस्तो विशिष्ट पहिचानको अग्लो व्यक्तित्व भएका कारण गिरी सबैका प्यारा हुनुहुन्थ्यो । उहाँलाई धेरैले वि.सं. २०४६ पछिको सर्वाधिक विचारवान्, चेतनायुक्त र मानवीय गहिरो संवेदनाको गुण भएका दार्शनिक नेताका रूपमा स्वीकार्छन् । हुन पनि गिरीको समाजलाई, राष्ट्रलाई, दिन प्रतिदिन परिवर्तन हुँदै गएको राजनीतिक अवस्था, युवाको विदेश पलायनको बढ्दो क्रम आदिका बारे चित्तबुझ्दो तर्क गर्ने दृष्टिकोण भिन्न थियो ।प्रदीप गिरीको दार्शनिक चिन्तन, समाजका बारे, नेपाली राजनीतिका बारे विश्लेषण गर्ने शैली अद्भूत भएकै कारण संसद्मा होस् या राजनीतिक कार्यक्रममा होस्, सबैथरी श्रोता बढी ध्यान दिएर सुन्ने गर्थे । एक किसिमले अजात शत्रुजस्तो विशिष्ट पहिचानको अग्लो व्यक्तित्व भएका कारण गिरी सबैका प्यारा हुनुहुन्थ्यो ।उहाँले पाँच वर्षपछि देखापर्ने सामाजिक परिवर्तन आफ्ना ज्ञानचक्षु र कर्मचक्षुका माध्यमले बताइरहँदा श्रोता छक्क पर्थे । दसवर्षे जनयुद्धताका तत्कालीन विद्रोही माओवादी समूह होलेरी काण्डपछि एउटा सूत्रमार्फत संसदीय शासन प्रणाली स्वीकार गर्दै छ भनी तर्क गर्नु, तत्कालीन राजा वीरेन्द्रको वंश नाश भएपछि अब देश राजारहित बन्दै छ, शाहवंशीय शासनकाल समाप्त हुँदै छ है भनी समाजलाई सुसूचित गराउनु, २०७४ सालको संसदीय चुनावअघि नै काँग्रेस इतरका राजनीतिक पार्टीहरू एक ठाउँमा जम्मा हुँदैछन्, पार्टीले समयमा नै ध्यान पुर्याओस् भनी सचेतना देखाउनु आदि जस्ता गिरीका सूक्ष्म अध्ययनले पछिल्लो अवस्थामा सोही कुरा देखाएको छ । प्रत्येक मानिसका गिरीसँगका रमाइला र रोचक प्रसङ्ग होलान् । पङ्क्तिकारका पनि केही प्रसङ्ग छन् । जुन अतीतको यादले त्यो विलक्षण प्रतिभा गिरिको वाक्कला, साधारण जीवनशैली, सबैसँग समान रूपमा गर्ने उहाँको कपटरहित व्यवहारले सम्झाइ रहन्छ । महाभारत र रामायणका हरेक पात्रका बारे केस्राकेस्रा केलाउन सक्ने उहाँ घटना–परिघटना किन अगाडि आए भन्नेबारे चित्तबुझ्दो गरी व्याख्या गर्नुहुन्थ्यो । रोचक ढङ्गले उहाँको व्याख्या विश्लेषण जति सुने पनि नअघाइने खालको लाग्थ्यो । वि.सं. २०३८ पछि नेपाली काँग्रेस पार्टीभित्र तत्कालीन राजा वीरेन्द्रले ल्याएको सुधारिएको पञ्चायतमा प्रवेश गरेर विद्रोह गर्ने कि ? बाहिरबाट विचारको क्रान्ति गर्ने भन्ने बहस चलेको थियो । गिरी विचारको क्रान्ति गरेर नै अघि बढ्ने भनेर गणेशमानजीलाई राय दिइरहनुभएको थियो । उहाँ अब पञ्चायतको शासन बढीमा पाँच÷छ वर्ष मात्र टिक्छ भनिरहनुभएको थियो तर यो क्रान्ति केवल काँग्रेस पार्टीले मात्र गरेर सम्भव छैन, वामपन्थी शक्तिलाई मिलाएर लैजानुपर्छ, नेतृत्व काँग्रेस पार्टीले गर्नुपर्छ । उहाँले उक्त कुरा बताइरहँदा त्यसबेला पार्टीका केहीले उहाँको यो भनाइको चर्को विरोध पनि गरेका थिए । नभन्दै २०४६ सालको ऐतिहासिक जनआन्दोलन गणेशमान सिंहको सर्वोच्च कमान्डमा सफल भयो । संसदीय शासन प्रणाली देशमा पुनः लागू भयो । वि.सं. २०४२ मा सत्याग्रह आन्दोलन सुरु भयो । जेठ १० गतेबाट सुरु गरिएको सो अहिंसात्मक आन्दोलन नेपाली काँग्रेस पार्टीको अगुवाइमा गरिएको थियो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालय काठमाडौँ घेरेका थिए । पक्राउ पूर्जीसहित नख्खु कारागार ललितपुरमा १० महिना र केही दिन नजरबन्दमा हामी बस्न बाध्य भयौँ । राजधानीको दरबार मार्गस्थित एक होटल र ठाउँ–ठाउँमा बम विस्फोट भएपछि सत्याग्रह आन्दोलन बीचैमा रोकियो । बम विस्फोटमा परी पाँच जनाको ज्यान गयो । कारागारबाट रिहापछि सर्वोच्च नेता गणेशमानको चाक्सीबारीस्थित निवासमा भेट गर्न भनी पुगेँ । त्यहाँ नेता जगन्नाथ आचार्य, मङ्गलादेवी, प्रदीप गिरी, पत्रकार भारती सिलवाललगायतको उपस्थिति थियो । गीत÷सङ्गीत र साहित्यमा गहिरो अभिरुचि राख्नुहुने गिरीले देख्नेबित्तिकै अब रेडियो नेपालमा तपाईंलाई गीत गाउन बन्देज त गरिँदैन भनी प्रश्न गर्दै गीत सुनाउन भन्नुभयो । हवस् भन्दै रेडियोमा रेकर्ड गरिएका दुईवटा गीत पनि सबैका अगाडि सुनाएँ । अर्थसहित देउडा गीत सुनाउँदा गिरीले “देउडा गीत, संस्कृतिको चर्चा गर्दै यो गीत देउवाजीलाई पनि सुनाउनुहोस्, केवल कर्णाली, सेती, महाकाली अञ्चलको मात्र नभनी नेपालको गीत भन्नुहोस्” भनी सल्लाह दिनुभयो । वि.सं. २०४८ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको सूची घोषणा हुँदा गिरीले किसुनजीले जित्न मुस्किल छ, सुदूरपश्चिममा शेरबहादुर देउवाको वर्चस्व रहन्छ, काँग्रेसमय सुदूरपश्चिम भनी घोषणा गरे हुन्छ भन्नुभएको थियो । आखिर जनमत पनि उहाँले भनेअनुसार आयो । किसुनजीले कसरी पराजय भोग्नुहुन्छ, हावादारी गफ लगाउनुहुन्छ भनी गिरीमाथि खनिनेहरूलाई सरल रूपमा सजिलो उत्तर दिँदै उहाँले भन्नुभयो, “एउटै जङ्गलमा दुइटा बाघ कसरी बस्न सक्छन् र ? किसुनजीको लोकप्रियता र िगरिजाबाबुको प्रधानमन्त्री बन्ने तीव्र चाहना तपाईंहरूले बुझ्नुभएकै छ नि ।” शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला उहाँलाई पार्टीको सामान्य सदस्य पनि नरहने गरी तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पाँच वर्षका लागि पार्टीबाट कारबाही गर्नुभयो । त्यसबेला नेता चिरञ्जीवी वाग्ले र प्रदीप गिरीले देउवालाई कि तपाईं राजनीतिबाट सन्न्यास लिनुहोस्, कि नयाँ पार्टीको घोषणा गर्नुहोस् भनी सुझाव दिनुभएको थियो । नयाँ पार्टी ‘नेपाली काँग्रेस प्रजातान्त्रिक’ स्थापनापछि देउवा पार्टी सभापति र गिरी केन्द्रीय सदस्य बन्नुभएको थियो । माघ १९, २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा लिए । सबै दलका नेता नजरबन्दमा परे । गिरीले जनआन्दोलन सुरु हुनुअगावै एक कार्यक्रममा “नेपालमा शाहवंशीय पुरानो इतिहास समाप्त हुँदै छ, जनताले सडकबाट घोषणा गर्न मात्र बाँकी छ । यो कुरा नयाँ राजाले बुभूmन्” भनी आफ्नो धारणा राख्नुभएको थियो । वि.सं. २०६३ असोज १३ गते नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक एक हुँदै थियो । काठमाडौँ त्रिपुरेश्वरमा उहाँसँग भेट भयो । आज मिठाइ खाएर जानुपर्छ सानेपा भन्नुभयो । एक होटलमा बसी मिठाइ खायौँ । खल्तीको दामभन्दा हामीले बढी खाएछौँ । दुई सय रुपियाँ मात्र बोक्नुभएका गिरीले मलाई तिराउन मान्नु भएन । एक हप्तापछि उहाँ आपैmँले इमानदार भएर तिर्नुभएछ । सानेपा पार्टी कार्यालयमा दुवै पार्टीका सभापतिले मञ्चमा हात मिलाउँदै एक भएको घोषणा गर्नुभयो । मञ्चबाट सङ्क्षिप्त मन्तव्य दिँदै गिरीले किसुनजीको अनुपस्थितिले कार्यक्रम केही खल्लो भए पनि दुवै जना नेता अब इमानदार बन्नुपर्छ भन्नुभयो । महाभारत र रामायणका हरेक पात्रका बारे केस्राकेस्रा केलाउन सक्ने उहाँ घटना–परिघटना किन अगाडि आए भन्नेबारे चित्तबुझ्दो गरी व्याख्या गर्नुहुन्थ्यो । रोचक ढङ्गले उहाँको व्याख्या विश्लेषण जति सुने पनि नअघाइने खालको लाग्थ्यो । यी दुइटै ग्रन्थका बारे सविस्तार बताउन सक्नु सामान्य होइन । संस्कृति र सङ्गीतका बारेमा पनि गहिरो अध्ययन गर्नुभएको रहेछ उहाँले । ‘देउडा त समावेशी संस्कृति पो रहेछ, जातजाति नभनी सबैले अनौठो तरिकाले हात मिलाई, पाइला मिलाई घुमिरहनुपर्ने । त्यसैले पो देउवाजी सुदूरपश्चिममा लोकप्रिय बन्नुभएको रहेछ’, विसु पर्वको कार्यक्रममा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो । २०४७ साल मङ्सिरमा स्वर सम्राट् नारायणगोपालको निधनपश्चात् दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “अर्को नारायणगोपाल जन्माउन नेपाल आमालाई धेरै वर्ष लाग्नेछ ।” सत्य, निष्ठा, परोपकारी गुणले भरिनुभएका उहाँ आफ्नै पार्टीभित्रका विपक्षी नेताजस्तै देखिनुहुन्थ्यो । आफ्नो खानपिनमा खासै वास्ता नगर्ने स्वभावका गिरीले सुदूरपश्चिमका पहाडी जिल्लामा घुमी त्यहाँको रहनसहन, खानपिन र भाषाबारे जानकारी लिने इच्छा व्यक्त गर्नुभएको थियो तर उहाँको इच्छा पूरा गर्न सकिएन । फूलले कलात्मक तरिकाले सिँगारिएको उहाँको चिता देखेर भावुक नहुने मलामी थिएनन् पशुपति आर्यघाटमा । अन्तिम श्रद्धाञ्जलि दिनेहरूमध्ये धेरैका आँखाबाट तपतप आँसु चुहेका देखिन्थे । ‘प्रदीप गिरी अमर रहून्’का वाणीहरू सुनिने बेला पनि पवित्र बागमती नदी साक्षी बन्दै गिरीको दुःखद रैवार (खबर) बोकेर बग्दै थिइन् । उहाँको जन्मघर सिराहाको बस्तीपुरबाट आएका एक हुल नरनारी आँसु झार्दै भन्दै थिए– अब प्रदीप दाइसँग हाम्रो भेट स्वर्गमा होला । उहाँलाई सम्झँदै भन्न मन लाग्छ यतिखेर –अमर रहून् प्रदीप गिरी देश रहेसम्म ।म त भन्छु गिरीदाइको होला पुनर्जन्म ।।
संसारमा घटेका दुर्लभ घटनामध्ये दरबारको सुखसयलमा बसेका राजकुमारले एउटा हिंस्रक जङ्गली प्राणी बाघलाई अभयदान दिएको बिरलै होला । पाञ्चाल (पनौती) नगरी (देश) का राजा महारथका कान्छा छोरा राजकुमार महासìव एकजना यसको पात्र बनेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले दुई राजकुमार सिद्धार्थ गौतम र महासìवको जीवनी बुझेरै आफ्ना भाव पोखेका होलान्–
घृणापूर्ण अभिव्यक्ति यति धेरै आउन थाल्यो कि अब यसलाई मिडियामा निरुत्साहित गर्ने हिसाबले योजना नै बनाउन पर्ने देखिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आगामी मङ्सिर ४ गते हुँदैछ । लोकतन्त्रलाई जीवन्त बनाउन निर्वाचनको विशेष भूमिका रहन्छ । निर्वाचनमार्फत जनताले सक्षम जनप्रतिनिधि छनोट गर्छन् र जनप्रतिनिधिले लोकतान्त्रिक पद्धतिका आधारमा मुलुक सञ्चालन गर्छन् । यसैले लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचनलाई विशेष महत्वका रूपमा हेरिन्छ । आवधिक निर्वाचन त लोकतन्त्रको अनिवार्य सर्त नै हो । निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गरी लोकतन्त्रलाई जीवन्त बनाउने र असल प्रतिनिधिका हातमा लोकतान्त्रिक प्रणाली सञ्चालनको जिम्मेवारी सुम्पने महìवपूर्ण जिम्मेवारी सिङ्गो मुलुकका सामु छ । यो जिम्मेवारी निर्वाह गर्ने सम्बन्धमा सबै सरोकारवाला पक्षले आआफ्नो भूमिका निर्वाह गर्नुपर्दछ र त्यस्तो भूमिका निर्वाहका लागि उपयुक्त वातावरण बनाइदिनु पनि पर्दछ । राज्य र उसका संयन्त्रसँगै नागरिक समाजको समेत सक्रियता यतिबेला अपेक्षित हुने गर्दछ ।निर्वाचनलाई नेतृत्व छान्ने अवसरका रूपमा लिइन्छ । नागरिकले नेता छान्दै गर्दा स्वाभाविक रूपमा कस्तो नेता छान्ने प्रश्न सबैभन्दा पहिले मनमा उब्जने गर्दछ । नागरिकलाई निर्वाचनमा होमिएका नेतामध्ये कुन नेता कस्तो छ भनेर सही सूचनामा दिने काम मिडियाले गर्नसक्छ । मिडियाले स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्ने हो भने नागरिकलाई कुन उम्मेदवार चुन्ने भन्ने निर्णय गर्न सजिलो हुन्छ । त्यसकारण निर्वाचनबाट सही नेतृत्व छानियोस् भन्ने चाहने हो भने मिडियाले आफ्नो यो भूमिकालाई प्रभावकारी रूपमा निर्वाह गर्नुपर्दछ । निर्वाचनको समयमा मिडियासँग केही विशेष अपेक्षा गरिएको हुन्छ । मिडियाबाट तथ्यमा आधारित सामग्री प्रवाह होस्, स्वतन्त्र रूपमा पुष्टि गरिएका सूचनाको मात्र प्रयोग होस्, कोही उम्मेदवार वा दललाई आक्षेप लागेको अवस्थामा सफाइ र प्रतिरक्षाको मौका प्रदान होस्, सबै प्रतिस्पर्धीलाई सञ्चार माध्यमले समान र निष्पक्ष व्यवहार गरुन् भन्नेजस्ता आधारभूत अपेक्षा नागरिक समाजले गरिरहेको हुन्छ तर उम्मेदवार र दलहरूले भने मिडियालाई आफू अनुकूल परिचालन गर्न पाए हुन्थ्यो भन्ने लालसा राखेका हुन्छन् । रणनीति नै बनाएर मिडियालाई अनुकूल बनाउने प्रयत्न पनि गरिएको हुन्छ । यस्तो अवस्थामा अत्यन्त सचेत भएर नागरिक अपेक्षा पूरा गर्नतर्फ र प्रयोग हुनबाट जोगिन मिडिया सक्षम हुनै पर्दछ । यहाँनेर अलमलिएर वा जानाजानी मिडिया चुक्यो भने निर्वाचनबाट सही पात्रको छनोट हुने अवस्थामा तुषारापात हुने खतरा रहन्छ । नागरिकले पनि कसलाई मतदान गर्ने भन्ने विषयमा मिडियामा आएका सूचनाका आधारमा धारणा बनाउने हुँदा मिडिया कसैबाट प्रयोग भयो भने सही धारणा निर्माण गर्न योगदान दिन सकिँदैन । मिडियाले निर्वाचनका सन्दर्भमा रिपोर्टिङ गर्दा निर्वाचन प्रणालीका बारेमा आफू पनि र आफ्ना अडियन्स (पाठक दर्शक श्रोता) लाई समेत स्पष्ट हुने गरी कलम चलाउनुपर्ने हुन्छ । कस्तो निर्वाचन प्रणाली हो (प्रत्यक्ष, समानुपातिक, मिश्रित, इलेक्ट्रोल कलेज) को उम्मेदवार हुन पाउँछन् ? कसले कहाँ मतदान गर्न पाउँछन् भन्ने बारेमा स्पष्ट नभई निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्न सकिँदैन । आवधिक निर्वाचन त लोकतन्त्रको अनिवार्य सर्त नै हो । निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गरी लोकतन्त्रलाई जीवन्त बनाउने र असल प्रतिनिधिका हातमा लोकतान्त्रिक प्रणाली सञ्चालनको जिम्मेवारी सुम्पने महत्वपूर्ण जिम्मेवारी सिङ्गो मुलुकका सामु छ । त्यस्तै अर्को बुझ्नै पर्ने कुरा के पनि हो भने निर्वाचन प्रक्रिया मतदान वा मतगणनासम्म मात्र सीमित हुँदैन । निर्वाचन प्रक्रियाको सुरुवात कुन प्रणालीमा निर्वाचन गर्ने भन्ने निर्णय गर्नेेदेखि सुरु भई निर्वाचन कानुन निर्माण वा संशोधन, निर्वाचन कार्यतालिका, मतदाता नामावली सङ्कलन, निर्वाचनका लागि कर्मचारी व्यवस्थापन, उम्मेदवारी दर्ता हुँदै मतदान तथा मतगणना निर्वाचनसम्बन्धी विवाद समाधानसम्म हुन्छ । निर्वाचनसम्बन्धी रिपोर्टिङमा यी सबै चरण पर्दछन् र पत्रकारले निर्वाचनको अवधि मात्र नभई यी सबै चरणमा निरन्तर समाचार बनाइरहनु पर्छ । यसो गर्दा आफ्नो मताधिकार कसरी प्रयोग गर्ने भन्ने सवालमा पनि सबै स्पष्ट हुन सक्छन् । निर्वाचनका बेला मिडियाले विभिन्न खालको भूमिका खेल्न सक्छ । पहरेदारको भूमिका ः मिडियाले निर्वाचन प्रक्रिया, निर्वाचनसम्बन्धी निकाय र सरोकारवालाको भूमिका मूल्याङ्कन गर्ने, तिनका सफलता र असफलता बताएर उनीहरूलाई उत्तरदायी बनाउन आमनागरिकलाई सहजीकरण गर्ने काम गर्छ ।प्रचार प्रसारको साधन ः राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका बेला आफ्ना योजना, प्रतिबद्धता र दृष्टिकोण सार्वजनिक गर्न मिडियाको प्रयोग गर्न सक्छन् । यस्तो समाचार सम्प्रेषण गर्दा पक्षधरता नझल्किने गरी सबैलाई स्थान दिनुपर्छ । साथै निर्वाचनसँग सम्बन्धित सार्वजनिक बहस र छलफलका लागि मञ्चका रूपमा पनि सञ्चारमाध्यमलाई लिइन्छ । मिडियाले समाचार विश्लेषणमार्फत आममतदातालाई विभिन्न दल र उम्मेदवारको एजेन्डाका बारेमा सुसूचित गरी निर्णय लिन सहज गर्न सक्छ । अर्को प्रतिस्पर्धामा रहेका सबै पक्ष, रानजीतिक दल वा उम्मेदवारहरूलाई आफ्नो विचार र धारणा व्यक्त गर्न समान अवसर प्रदान गर्ने अवसर पनि सञ्चारमाध्यमले उपलब्ध गराउन सक्छ । मतदातालाई मतदानका लागि आवश्यक पर्ने सूचना तथा जानकारी उपलब्ध गराउनुका साथै समग्र निर्वाचन प्रक्रियाका बारेमा जनकारी दिने काम पनि मिडियाले गर्दछ । त्रास र पूर्वाग्रहबिना कसैको पनि पक्ष नलिई निर्वाचनका गतिविधिको समाचार सम्प्रेषण गर्ने र आफूले सम्प्रेषण गर्ने विषयवस्तु यथार्थ र निष्पक्ष भएको कुरा सुनिश्चित गर्ने कार्य पनि मिडियाको दायित्वभित्र पर्दछ । सञ्चारमाध्यमले जहिले पनि आफ्नो आचारसंहिताको पालना गर्नुपर्दछ । यो उनीहरूको धर्म नै हो । अझ निर्वाचनका बेलामा त अझ धेरै सचेतताका साथ आचारसंहिताको पालना गर्न जरुरी छ । निर्वाचनको मुखमा निर्वाचन आयोगले समेत मिडियाका लागि आचारसंहिता जारी गर्ने गर्दछ । आयोगले मिडियालाई आचारसंहिता बनाउन पाउने कि नपाउने भन्ने विषयमा लोकतान्त्रिक समाजमा बहस नै छ । विश्वभर यो बहस चल्ने गर्दछ तर पनि नेपालमा आयोगले यो अभ्यास गर्दै आएको छ । उसले तयार गरेको आचारसंहितालाई मिडियाले राज्यले आफूसँंग निर्वाचनका बेलामा गरेको अपेक्षाका रूपमा बुझ्ने गरेको छ र त्यसलाई पनि आफ्नो आचारसंहिताको एउटा अङ्गको रूपमा ग्रहण गर्ने अभ्यास हुँदै पनि आएको छ । यो कुरालाई आधार बनाएर आयोगले मिडियालाई नियन्त्रण गर्ने सोच भने राख्न मिल्दैन । माथि भनिएझै निर्वाचनका समयमा उम्मेदवार, उनका एजेन्डा आदिका बारेमा बहस र अन्तक्र्रियालाई अझ व्यापक र वस्तुनिष्ठ बनाउनेतर्फ आयोगले पनि प्रोत्साहित गर्नुपर्दछ । स्थानीय निर्वाचनका समयमा निर्वाचन आयोगले सिधँै सञ्चारमाध्यमलाई पत्र पठाएर एक त्रास नै बनायो । आयोगले मिडिया अनुगमनको रहर ग¥यो भने त्यसले आयोगलाई फाइदा पुग्दैन । यसको जिम्मा प्रेस काउन्सिलको हो । जसको दायित्व जे हो निर्वाचनका क्रममा पनि उसैलाई त्यो दायित्व निर्वाह गर्न प्रोत्साहन गर्नुपर्दछ । त्यस्तै नेपाल पत्रकार महासङ्घलाई पनि आचारसंहिताका सन्दर्भमा र प्रविधिको प्रयोग सहितका मिडियाहरूको क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा निर्वाचनका समयमा अनुकूलको वातावरण निर्माण गरिनुपर्दछ । महासङ्घको आफ्नो देशभरको सञ्जालले छोटो समयमा धेरै नै भूमिका निर्वाह गर्न सक्दछ ।मिडिया आफैँले विशेष सचेतता देखाउन जरुरी छ । विद्युतीय सञ्चारमाध्यम झनै सचेत बनेर आफूलाई प्रस्तुत गर्नुपर्ने देखिन्छ । सचेतता किन भन्ने सन्दर्भमा एउटा प्रसङ्गको चर्चा गरौँ । अहिले निर्वाचन आउँदै छ । यो बेलामा दलहरूका बीचमा आरोप प्रत्यारोपको बाढी नै चलेको छ ।मिडिया आफैँले विशेष सचेतता देखाउन जरुरी छ । विद्युतीय सञ्चारमाध्यम झनै सचेत बनेर आफूलाई प्रस्तुत गर्न पर्ने देखिन्छ । सचेतता किन भन्ने सन्दर्भमा एउटा प्रसङ्गको चर्चा गरौँ । अहिले निर्वाचन आउँदै छ । यो बेलामा दलहरूका बीचमा आरोप प्रत्यारोपको बाढी नै चलेको छ । अझ नेकपा तीन टुक्रामा विभाजित भएका कारण ती दलका नेताहरूले एक अर्काका विरुद्धमा विष वमन गर्दै छन् । राप्रपा फुटेको छ, त्यहाँ पनि त्यस्तै अवस्था छ । कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने बहस कायमै छ । ती बहसकर्ता पनि एक अर्काप्रति आरोप प्रत्यारोपमा गरेका छन् । तराई केन्द्रित दलहरू पनि विभाजित छन् । यो बेलामा पत्रकारिताले उनीहरूको आरोप प्रत्यारोपलाई स्थान दिने हो भने त्यो क्रम अझै बढ्छ । मिडियामा ठाउँ पाइन्छ भनेर पनि नेताहरूले त्यस्ता अभिव्यक्ति दिन थाल्छन् । तसर्थ पत्रकारिताले यसरी प्रकट भइरहेका र समयसमयमा हुने घृणापूर्ण अभिव्यक्तिलाई कुनै पनि ठाउँ दिनु हुँदैन । यसले सामाजिक सद्भावसमेत बिथोल्ने काम गर्दछ । घृणापूर्ण अभिव्यक्ति यति धेरै आउन थाल्यो कि अब यसलाई मिडियामा निरुत्साहित गर्ने हिसाबले योजना नै बनाउन पर्ने देखिएको छ । निर्वाचन आयोगले बनाएको आचारसंहितामा घृणापूर्ण अभिव्यक्तिलाई स्थान दिन नहुने व्यवस्था नै गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनका बेलामा यस्तो व्यवस्था गरेको हो । यो कुरालाई मिडियाले ध्यान दिनैपर्दछ ।
यसैले आज (शनिबार)को औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।
झापा गाउँपालिका–६ चन्द्रबस्तीमा श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । शुक्रबार राति ४६ वर्षीय नाइके हस्ताले ४० वर्षीया श्रीमती तालामई हस्तालाई छुरा प्रहार गरेका हुन् ।