परराष्ट्र मन्त्री एनपी साउदले दक्षिण कोरियाको जनबुक नेसनल युनिर्भसिटीका प्राध्यापक ह्याक योङ किमलाई सम्मानित गर्नुभएको छ ।
सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ ।
नेपालको संविधान २०७२ अनुसार सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले शासन प्रशासन चलाइरहेका छन् । विसं २०६२÷६३ अघिको केन्द्रिकृत एवं एकात्मक राज्य व्यवस्थामा केन्द्र र स्थानीय तहले दिने सरकारी सेवासुविधाका बारेमा सर्वसाधारण जानकार रहे पनि प्रदेश तहको सरकारले गर्ने काम कारबाहीबारे भने नयाँ अनुभव हो ।
फिल्म 'देव वाणी'को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन बाराको सिमराबाट सुरु भएको हो ।
सङ्घीय संसदमा प्रस्तुत भएको सङ्घीय संसद् संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदाले साना दल र स्वतन्त्र सांसदलाई उपेक्षा गरेको सांसदहरुले बताउनुभएको छ ।
बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत 'साहुकी छोरी'को भिडियो सार्वजनिक भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्याउन नसकिएको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सब-स्टेसनको अनुगमन भ्रमण गर्नुभएको छ ।
काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोस्रो भएको थियो ।
संघीय संसदकाे संयुक्त बैठक
अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि वि.सं. १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक, मुसिकोट र चन्दननाथमा १६ वर्ष बिताएपछि वि.सं, २००३ मा ‘भू–स्वर्ग’ पुग्नुभयो ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
लगानी बोर्डको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकले बजेट तथा अन्य लगानीसँग सम्बन्धित विषयमा निर्णय गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।