सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देहीको तिलोत्तमामा भएको सडक दुर्घटनामा दिदी भाइको मृत्यु भएको छ ।
जनकपुरधामको गंगा सागरमा दैनिक हुने सन्ध्याकालीन महागंगा आरतीको क्रममा देखिएको मनमोहक दृश्य।
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ र ४ को सिमाना रहेको हरियाली धान खेत फाँट । खेतमै पानीको मुल निस्कने भएकोले यहाँ धान लगायतका कृषिजन्य उत्पादन राम्रो फल्छ । तस्बिर : भविन कार्की रासस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयले कक्षा ११ र अन्य तहका विद्यार्थीलाई चर्को शुल्क लिएको विषयमा सरकारले अनुगमन गर्ने बताउनुभएको छ।
श्रीलंकामा भदौ २० देखि २९ गतेसम्म आयोजना हुने साफ यू–१७ च्याम्पिनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।
शनिबार रातिबाट परेको अविरल वर्षाका कारण आइतबार आएको पहिरामापरी आमाछोरीको मृत्यु भएको छ । खोलाले बगाउँदा एक बृद्ध बेपत्ता हुनुभएको छ भने एक बालिकाको जीवितै उद्धार गरिएको छ ।
केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हरायो । यस जितसँगै पाँच खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ ।
रेखीराम रानापाल्पा, भदौँ १२ गते । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पाल्पाको माथागढी –४, झडेवा नेटामा दाउराको चिर्पटले हानेर छोराले बाबुको हत्या गरेको आरोप सम्बन्धमा छानबिन गर्न प्रहरीले १४ वर्षीय छोरालाई पक्राउ गरेको हो। शनिबार साँझ ६ बजेतिर छोराले रिसको आबेगमा प्रहार गरेको चिर्पटले लागेर ४५ वर्षीय तिलबहादुर दिसाको घटनास्थलमै मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। घटना लगत्तै स्थानीय बासिन्दाले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेर प्रहरी टोलीले आइतबारबाट अनुसन्धान थालेको छ। घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोगको आरोप पुष्टि हुने आधारसहित नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले उपलब्ध प्रमाणहरु महाअभियोग सिफारिस समितिमा बुझाएका छन ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बहुउद्देश्यीय बुढीगण्डकी जलविद्युत आयोजनाको काम यही वर्ष बुढीगण्डकी विद्युत उत्पादन कम्पनी बनाएर अघि बढाउने बताउनुभएको छ ।
आउँदो निर्वाचनलाई लक्षित गरी नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सदरमुकाम मंगलसेनमा आइतबार पार्टीको जिल्ला कमिटी बैठकले दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।
मधेशी आयोगले हरितालिका तिज, चौरचन (चौठचन्द्र) र जितिया पर्वको अवसरमा संवाद तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । आयोगमा शनिबार भएको कार्यक्रममा मधेशी समुदायको चाडपर्वसम्बन्धी दुई वटा प्रतिवेदन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बुझाएको हो ।
काठमाडौं, भदौ १२ गते । दुबई पठाइदिन्छु भन्दै ३८ लाख रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले भोजबहादुर चौधरीलाई पक्राउ गरेको छ।नवपलरासी (पश्चिम) प्रतापपुर गाउँपालिका-२ गोपिगञ्ज घर भएर काठमाडौं गोंगबु बस्ने ५४ वर्षीय भोजबहादुरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।चौधरीले दुबई पठाइदिने भन्दै ३८ लाख रुपियाँ ठगी गरेको प्रहरी कार्यालयमा अभियोग छ।दुबई पुगेपछि आर्मस गार्डमा एक लाख तलबमा काम लगाइदिने भन्दै प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट ३८ लाख लिएर फरार थिए।चौधरीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले काठमाडौंको सामाखुशीबाट शुक्रबार पक्राउ गरेको हो ।थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोली आइतबार नेपाल आएको छ । भारतीय टोली एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा नेपाल आएको हो ।