काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जानुहुने भएको छ ।
नागार्जुन नगरपालिका -१ नम्बर वडाको सम्पूर्ण वस्तिहरूमा रहेका अव्यवस्थित केबुल र विद्युतीय तारको व्यवस्थापन कार्य सम्पन्न भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३, कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भएको छ । उपमहानगरपालिकाको समन्वयमा नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको हो । सो स्थानमा बसपार्क निर्माणका लागि स्थलगत सर्भेसमेत गरिएको छ । बसपार्कको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेको काम भएको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताउनुभयो ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले ग्राहकको रकम फिर्ता गर्न नसकेपछि जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दामा उजुरी परेको छ । प्रहरी कार्यालयमा उजुरी दिन बचतकर्ताको भिड लागेको थियो । सो सहकारीले डडेलधुरामा मात्रै ४१ करोड रुपियाँभन्दा बढी रकम निक्षेप सङ्कलन गरेको पाइएको छ । सहकारीले रकम फिर्ता गर्न नसकेपछि कार्यालय बन्द गरी सञ्चालक र कर्मचारी फरार भएका छन् । दुई हजारभन्दा बढी पीडितले उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिका–८, सोतीमा छ जना युवाको ज्यान जाने गरी भएको हत्या घटनाका पीडित परिवारले तीन वर्षसम्म पनि न्याय पाउन सकेका छैनन्। अन्तरजातीय प्रेमसम्बन्धका कारण सो घटना भएको थियो। २०७७ साल जेठ १० गते भएको सो घटनामा ज्यान गुमाएका जाजरकोट सदरमुकाम खलङ्गास्थित रानागाउँका नवराज विककी आमा उर्मिलाले न्याय पाउने आशा मर्दै गएको बताउनुभयो। तथापि रुकुम अदालतले उक्त घटनाको पेसी जेठ ३० गतेका लागि तोकेको छ। उहाँले हत्याका अभियुक्तलाई जन्मकैद भएमा छोराको आत्माले शान्ति पाउने र आफूलगायत पीडित परिवारले न्याय पाउने बताउनुभयो।
लुम्बिनी प्रदेश सभाको अधिवेशन यही जेठ १२ शुक्रबारदेखि सुरु हुने भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ का लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशको दोस्रो अधिवेशन (बजेट अधिवेशन) आह्वान भएको जनाएको छ ।
तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । व्यास नगरपालिका –५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उहाँको श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र उहाँको छोरा वर्ष ३२ को थमन गुरुङ बिरामी हुनु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाडले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाका जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पूरा भएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा धनराज आचार्य निर्वाचित हुनुभयो। उहाँले पोखराको १६ औँ प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएको एक वर्ष पुगेको छ।
नेपालमा पेट्रोलियम पदार्थको आयात १६ प्रतिशतले घटेको छ । प्रत्येक वर्ष १० प्रतिशतसम्म आयात बढ्ने गरेकोमा यो वर्ष खपतमा कमी हुँदा आयातमा समेत कमी भएको हो । नेपाल आयल निगमका अनुसार अघिल्लो वर्ष १० महिना (साउन–वैशाख) सम्ममा २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थको आयात भएकोमा चालु आर्थिक वर्षको १० महिनामा २१ लाख २५ हजार ४६४ किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यसपालि रकममा भन्दा पनि परिणाममा इन्धन आयात कम भयो । यसले व्यापार घाटामा कमी त आयो तर यसको अर्थ पेट्रोलियम पदार्थ प्रयोगले अर्थतन्त्रको अवस्थाबारे प्रतिविम्बित गरेको छ ।
“घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्” भन्ने पृथ्वीनारायण शाहको महान् उपदेशको भावनालाई मनन गर्दा घुस वा भ्रष्टाचार रातारात देखिएको समस्या नभई शताब्दीऔँ देखि नै नेपाली समाजमा देखा परेको रहेछ । यो एक रोगझँै समाजको हरेक क्षेत्रमा झन् बढोत्तरी हँुदै गएको छ । यसको न्यूनीकरणको प्रयास भए पनि सकारात्मक परिणाम आउन नसक्दा सबैमा चिन्ता र चासो बढ्दै गएको छ ।
हातमा एउटा लौरो, पछाडिपट्टि हातले बुनेको एउटा झोला, निधारमा चन्दनको टिका र एउटा हरे राम लेखिएको साना गाम्चा लगाएर यताउता हिँडडुल गर्दैमा उहाँको दिन बित्छ । उहाँ हुनुहुन्छ, सक्कली भुटानी शरणार्थी महिला डम्बरकुमारी काफ्ले । अहिले नक्कली भुटानी बनेर विदेश जान खोजेको र करोडौँको चलखेल भइरहेको विषय उहाँलाई जानकारी छैन ।
“आफ्ना सन्तानको उत्तराधिकारको सम्पत्ति इज्जत र मर्यादा हो । म मृत्युलाई अँगालेर पनि उत्तराधिकारको सम्पत्ति नष्ट हुने काम गर्दिनँ,” राजनेता विश्वेश्वरप्रसाद कोइरालाका यी अभिव्यक्ति राजनीति गर्ने, अझ विस्तारमा भन्दा सार्वजनिक जिम्मेवारीमा रहनेहरूका लागि नैतिकताका सूत्र र आचरणका मन्त्र हुन् । राजाले प्रजातन्त्र अपहरण गरेपछि अवसरबिना रहन नसक्ने राजनीतिक कार्यकर्ता राजाका उपयोगमा रहे, सुख सयल गरे तर इतिहासबाट विलीन भए । उत्तराधिकारको सम्पत्ति आफ्ना सन्ततिलाई दिएनन् ।