अफरअनुसार दर्शकले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागु हुनेछ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका –७ करैचाका खुश्बु चौधरी एक वर्षदेखि अज्ञात रोगका कारण थला पर्नुभएको छ । विवाहित २२ वर्षीया खुश्बुको एकाएक खुट्टामा पानीको फोका उठ्ने फुट्ने र घाउ फैलँदै जानथालेपछि दुवै खुट्टा काम नगर्ने अवस्थामा पुगेको छ ।
मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित हुनुभएको छ ।
अल्लु अर्जुन र रश्मिका मन्डना अभिनीत दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ ।
लुकिछिपी यौन धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
रियल म्याड्रिडले स्पेनिस ला लिगामा सफलता निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २-१ गोलले हरायो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्नुहुँदै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न, नगराउन निर्देशन दिएको हो ।
बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ ।
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर ।
भेरी अस्पताल नेपालगञ्जको नयाँ ओपिडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालनको तयारी गरिएको छ ।
बुटवलमा भएको दुई दिने रोजगार मेलामा साढे पाँच सय जनाले रोजगारीका लागि आवेदन परेको छ ।