बराहताल गाउँपालिका –८ का ३८ वर्षीय मानबहादुर विश्वकर्मा ट्रमा सेन्टर काठमाडौँमा उपचारत हुनुहुन्छ । दायाँ हातमा क्यान्सर भएपछि उहाँले दुई वर्षदेखि उपचार गराइ रहनुभएको छ । आर्थिक अभाव भएपछि उपचार गर्न उहाँलाई समस्या भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले आफू पदीय जिम्मेवारीमा आएदेखि मुक्त कमैया, कमलरी, हलिया, हरवाचरवा तथा भूमिहीनको पुनः स्थापनालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ ।
रुग्ण गोरखकाली रबर उद्योगलाई पुरानै स्थितिमा फर्काउने सरकारको घोषणा कार्यान्वयन होला त भन्ने प्रश्न फेरि सतहमा आएको छ । सरकारले हालै सार्वजनिक गरेको आउँदो आव २०८०/८१ को नीति तथा कार्यक्रममा बन्द अवस्थामा रहेको सो उद्योग पुनः सञ्चालनमा ल्याउने उल्लेख छ ।
सुत्केरी गराउन ल्याइएको गर्भवती महिलाको मृत्यु भएसँगै दुई दिनदेखि सिन्धुलीवासी स्वास्थ्य सेवाबाट वञ्चित छन्। जिल्लाको एक मात्र प्रमुख स्वास्थ्य संस्था सिन्धुली अस्पताल सिन्धुलीबाट सेवा लिन बिरामी वञ्चित भएका हुन्।
काठमाडौं र चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबल प्रतियोगितामा स्वर्ण जितेका छन् । हेटौँडास्थित हुप्राचौर खेल मैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् ।
नेकपा (एमाले) का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ ।
दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले आफ्नो एक वर्ष कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले बिहीबार आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
बिहीबार बिहान रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा भएको जिप दुर्घटना मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको छ ।
अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन् । यो जोडी लामो समयदेखि प्रेममा छन् ।
युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ ।
क्यानडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
ताप्लेजुङमा बिहीबार बिहान स्कारपियो जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको हो ।
विकास निर्माणमा अझै पनि पिछडिएको र दुर्गम मानिने बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुई पुल र सात सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।