• ७ वैशाख २०८१, शुक्रबार

अभिनेता सबिनकाे निर्देशनमा ‘तिमी टाढा’

blog

काठमाडौं, जेठ ११ गते । अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाह ‘रियल’ प्रेमजोडी हुन् । यो जोडी लामो समयदेखि प्रेममा छन् । 

अभिनेता सबिनले प्रेमिका अनुलाई समर्पित गर्दै म्युजिक भिडियो ‘तिमी टाढा’ को निर्देशन गर्नुभएको छ । सबिनको यो डेब्यू निर्देशन हो । गीतमा सनिस श्रेष्ठको स्वर, लेखु सहयात्रीको सङ्गीत तथा विषम आचार्यको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा सबिन र अनु नै फिचर्ड छन् । गोदावरीमा छायाङ्कन गरिएको भिडियोमा सबिन र अनुको खुलेको प्रेम देखाइएको छ । 

भिडियोमा चिरायु शाक्यको छायाङ्कन, वीरबहादुर थारुको सम्पादन र कलर, कविराज गहतराजको कोरियोग्राफी छ भने भिडियोका कार्यकारी निर्माता रविन आचार्य हुनुहुन्छ।