मुम्बई इन्डियन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नइमा बुधबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
कपिलवस्तुका एक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा चेकजाँच गर्न सुरु भएको छ । विद्यार्थीलाई लक्षित गर्दै नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पतालले कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट आँखा चेकजाँच गर्न सुरु भएको हो ।
कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो ।
दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट वञ्चित भएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस–२०८० का अवसरमा आज (बिहीबार) देखि तस्बिर प्रदर्शनी सुरु भएको छ ।
दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ ।
जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । दुई वर्षभन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाइ गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि नौ वर्षसम्म समय लागेको छ ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ का बाढीपीडितको बस्ती सोमबार साँझको हुरीले उजाडिएको छ। भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि चौरमा पाल टाँगेर बस्दै आएका बाढीपीडितको टहरा उडाएपछि उनीहरू समस्यामा छन्। साँझ करिब ९ बजेपछि आएको हुरीसँगैको वर्षाले त्रिपाल उडाएको हो। बाढीपीडित टेकबहादुर विकले हुरीले त्रिपालसहित सबै तहसनहस पारेको बताउनुभयो। उहाँले भन्नुभयो, “खाद्यान्नसमेत भिज्यो। रातभर भागदौड भयो। हावाहुरी र पानीले पाकेको खाना पनि खान पाएनौँ, ओभानो खाना पकाउने ठाउँ छैन। दाउरासमेत छैन। आफन्तको घरमा आश्रय लिइरहेका छौँ।” महिनौँदेखि त्रिपालमुनि बसिरहँदा समेत सरकारले समस्या सम्बोधन नगरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अब त कसरी बाँच्ने भन्ने पीर छ। गाँस, बासको कुनै टुङ्गो छैन। बालबच्चा कसरी पाल्ने ?”
मुगमकार्मारोङ गाउँपालिकाका विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न हिँडेपछि विद्यालय बन्द भएका छन्। यार्सागुम्बा सङ्कलन गर्ने मौसम सुरु भएसँगै गाउँपालिकाका विद्यार्थी यार्सा सङ्कलन गर्न जाने गर्छन्। मुगमकार्मारोङ गाउँपालिकाको कार्यविधि अनुसार यार्सागुम्बा सङ्कलनका लागि जेठ ४ गतेबाट सामुदायिक वन क्षेत्रमा अनुमति दिइएको छ। गाउँपालिकाका १० वटा विद्यालयका विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न पाटनतर्फ लागेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुलाई पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ। वडा नम्बर १ मा रहेको चेतना सामुदायिक वन र ३ मा रहेको मुक्त कमैया सामुदायिक वनमा कृत्रिम पोखरी बनाइएको हो। सुक्खायाममा वन क्षेत्रका जलाशय सुकेर वन्यजन्तुलाई पानी खानका लागि उत्पन्न हुने समस्यालाई समाधान गर्न कृत्रिम पोखरी निर्माण गरिएको जनाइएको छ। बर्खायाममा थोरै पानी जम्दै आएको स्थानमा व्यवस्थित गरेर कृत्रिम पोखरी बनाइएको चेतना सामुदायिक वनका कार्यालय सचिव कुमारी सार्कीले बताउनुभयो।
सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ ।
हो, अतीतसँग पैँचो लिई लिई म वर्तमान जिउने प्रयत्न गरिरहेको छु