महोत्तरी जिल्ला गाँजासहित लागूऔषधको ट्रान्जिट बन्दै गएको देखिएको छ । प्रहरीले हरेक दिन महोत्तरीका विभिन्न स्थानबाट लागूऔषध बरामद तथा गाँजा पक्राउ गर्ने गरेको देखिएको छ ।
हालै एक सार्वजनिक कार्यक्रममा एक अभिभावकले भने, “मैले शिशु कक्षादेखि मास्टर्ससम्म पढाउँदा छोरोलाई करिब पचास लाख रुपियाँ खर्च गरेँ । अहिले मेरो छोरो न मेरो देशका लागि काम लाग्यो, न मेरा लागि । म विश्वविद्यालयका पदाधिकारी, कलेजका प्रमुख र शिक्षाको नीति, निर्माण गर्नेलाई सोध्न चाहन्छु, हामीले बालबच्चालाई कस्तो शिक्षा दिइरहेका छौँ ? १२ कक्षा उत्तीर्ण गरेपछि हरेक युवा किन विदेश जान चाहन्छ ? यसरी युवामा बिदेसिने मोह किन बढिरहेको छ ? के सरकारले यसको खोजी गर्नु पर्दैन ?”
इतिहासलाई जीवन्त राख्ने अभिलेख र संस्मरण नै थिए उहाँका सम्पत्ति । प्रजातन्त्रप्रतिको निष्ठा, समर्पण र त्यागको सादगी जीवन अनि सशक्त कलम, सिर्जनशील र सव्रिmय व्यक्तित्व यति हो उहाँका कमाइ । अर्काका लागि सोच्दासोच्दै बितेको जीवन नसोचेको समयले चटक्क लिएर गयो २०८० सालकोे वैशाख २९ गते । छ दशकदेखि बसोबास गर्दै आएको आफ्नै घरको सङ्ग्राहलयजस्तो लाग्ने आफ्नै कोठामा । ७८ वर्षको जीवनसम्म कर्म गर्दागर्दै पूर्णविराम लागेपछि इतिहासका कैयौँ पाटामा पनि पूर्णविराम लाग्न पुग्यो, आफैँले लेखेर राखेका कथाका, कविताका, निबन्धका, संस्मरणका कृति प्रकाशन गर्ने योजना पनि त्यत्तिकै तुहियो
गुल्मी अस्पताललाई रेसुङ्गा नगरपालिकाले सी–आर्म मेसिन हस्तान्तरण गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेयलाई २८ लाख रुपियाँ बढी लागतको हाडजोर्नीको शल्यक्रियाका लागि आवश्यक पर्ने सी–आर्म मेसिन हस्तान्तरण गर्नुभएको हो ।
अविरल वर्षाका कारण भत्किएको साँफे–मार्तडी सडक मर्मत हुन थालेको छ। यस सडकखण्ड अन्तर्गत बार्जुगाड–सेराबजार, बल्दे–अम्कोट, तिपाडालगायतका स्थानमा सडक मर्मत गरिन थालेको छ। सडक डिभिजन कार्यालय अछामले साँफेमा मार्तडी राजमार्ग अन्तर्गत पर्ने विभिन्न स्थानमा बाढीपहिरोले क्षति पु-याएको सडकको मर्मत भइरहेको जनाएको छ। अविरल वर्षाका कारण उक्त सडकखण्ड विगत दुई वर्षदेखि मर्मतसम्भारको अवस्थामा छ।
तराईमा तापक्रम बढेसँगै यहाँका कतिपय बस्तीमा खानेपानीको समस्या देखिएको छ। कैलालीको घोडाघोडी नगरपालिका–८, जरही गाउँ पनि यस्तै समस्या भोग्नेमा एक हो। स्थानीय सरकारको पहलमा सामूहिक खानेपानीको व्यवस्था गरिए पनि उच्च तापक्रमका कारण पानीको स्रोत घट्दा तथा बिजुलीको पावर कम भएपछि सो बस्तीका पाँच सय घरधुरी परिवारलाई खानेपानीको जोहो गर्न धौ धौ परेको छ। सुखड बजारदेखि करिब १५ किलोमिटरको दूरीमा रहेको जरही दुर्गम गाउँ हो। २०६४ सालको बाढीबाट विस्थापित धेरै परिवारको सो गाउँमा बसोबास छ।
सामुदायिक विद्यालयको शिक्षामा सुधार आएसँगै विद्यार्थी सङ्ख्या बढ्न थालेको छ। सामुदायिक विद्यालयमा समेत अङ्ग्रेजी माध्यममा अध्यापन गरिन थालेपछि विद्यार्थी चाप बढ्न थालेको बताइन्छ। वीरेन्द्रनगर नगरपालिका–१२ स्थित अमरज्योति नमुना माध्यमिक विद्यालयमा यस शैक्षिक सत्रमा २२५ विद्यार्थी थपिए।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले कार्यभार सम्हालेको मङ्गलबार एक वर्ष पूरा भएको अवसरमा ४९ बुँदे प्रगति विवरण सार्वजनिक गरिएको छ। २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे प्रमुख र नेकपा (एमाले) का सावित्रादेवी अर्याल उपप्रमुखमा निर्वाचित हुनुभएको थियो।
म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडा बगरफाँटको बस्तीलाई जोड्ने बेलिब्रिज तीन महिनामा तयार भएको छ। बेनी नगरपालिका वडा नम्बर–८, कालीपुलदेखि बगरफाँट बस्तीलाई जोड्न गत फागुन १७ गते कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको थियो। बेलिब्रिजका लागि नदी किनारको वारिपारि पक्की वाल निर्माण गरिएको छ।
हावाहुरीसँगै आएको असिना पानीले तनहुँमा ठुलो क्षति पुगेको छ। तनहुँमा केही दिनदेखि आएको असिना पानी र हावाहुरीले फलफूल तथा अन्य बालीमा क्षति पु¥याएपछि कृषक चिन्तित भएका छन्। पाक्न लागेको धान, हुर्कंदै गरेका मकै, सुन्तला, कागती तथा तरकारीको पकेट क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
निर्माण कम्पनीको लापरबाहीका कारण हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा स्वास्थ्य चौकी भाडाको साँघुरो कोठामा सञ्चालन हुँदै आइरहेको छ। स्वास्थ्य चौकीको आफ्नै भवन ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छाडिदिएपछि यो अवस्था आएको हो। गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन २७ गतेभित्र सम्पन्न गर्ने गरी २०७७ मङ्सिर ११ गते बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माणको सम्झौता गरेको थियो। सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि दोस्रो पटक थप भएको म्याद पनि २०७९ माघ २ गते सकिएको छ। एक वर्षयता भवन अलपत्र अवस्थामा छ। अझै म्याद थप गर्न कम्पनीले माग गरिरहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका इन्जिनियर सुशील चौधरीले बताउनुभयो। ठेकेदारका प्रतिनिधिले काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र काम
काठमाडौँका चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न निजी क्षेत्रसँग छलफल भएको छ । इन्टरमोडल यातायात विकास समितिले चोभार बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नाडा अटोमोबाइल एसोसिएसनलगायतका सरोकारवाला निकायसँग छलफल गरेको हो । आयात निर्यात सहजीकरण गर्ने उद्देश्यका साथ चोभारमा सुक्खा बन्दरगाह निर्माण भई २०७८ चैत २२ देखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । समितिले निजी क्षेत्रलाई चोभार सञ्चालनको जिम्मा दिने तयारी गरेको जनाएको छ ।
१. नेपालमा बनेको विद्युतीय मोटरसाइकल कहिलेदेखि दर्ता गर्न थालिएको हो ? विसं २०८० जेठ १ – यातायात व्यवस्था कार्यालयले यात्री पी–१ मोटरसाइकल दर्ता गरेको । – यात्री मोटरसाइकलका अनुसार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१ को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५०’ नम्बरको बाइक पूर्ण रूपमा नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको । – विद्युतीय मोटरसाइकल बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका प्र
सार्वजनिक निकायमा ई–जिपीको प्रयोग १. विद्युतीय खरिद प्रणाली (ई–जिपी) भनेको के हो ? सार्वजनिक निकायमा विद्युतीय खरिद प्रणालीको प्रयोग सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाहरू जानकारी गराउँदै यस प्रणालीको उपयोगबाट हुने फाइदाहरू उल्लेख गर्नुहोस् । सार्वजनिक खरिद कार्यलाई विद्युतीय प्रणालीमा आबद्ध गराई खरिद प्रव्रिmयालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले स्थापना, सञ्चालन र व्यवस्थापन गरेको अनलाइन सफ्टवेयर प्रणालीलाई विद्युतीय खरिद प्रणाली (ई–जिपी) भनिन्छ । सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्था कार्यान्वयन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले साबिकमा रहेका विभिन्न पोर्टलको विस्थापन गरी एकल पोर्टल स्थापना गरेको छ । सार्वजनिक खरिदको योजना निर्मा