सरकारले सङ्घीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आउनुभएका जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको मंगलबार एक वर्ष पूरा भएको अवसरमा ४९ बुँदे प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताउनुभएको छ ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन विद्युत सेवा पुगेको छ । वडामा पहिलो पटक विद्धुत सेवा पुगेपछि स्थानीय खुसी छन् ।
रौतहटको मौलापुर नगरपालिकामा मंगलबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सरकारबाट अलग हुने निर्णय गरेको छ।
अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको सिकार भएका राष्ट्र सङ्घीय बालकोषले जनाएको छ ।
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूमाथि जवाफ दिनुभएकाे छ।
मन्त्रालय बाँडफाँटमा चित्त नबुझ्दा सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्मा सामेल नभएको नागरिक उन्मुक्ति पार्टी अब केन्द्रको निर्णय कुरिरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले सङ्घीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी एक हजार सात सय ३४ वटा निवेदन दर्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको हो।
नेपालको संविधान २०७२ ले नेपालको शासकीय प्रणालीमा आधारभूत परिवर्तनको परिकल्पना गरेको छ । शताब्दीदेखिको केन्द्रीकृत शासन विकेन्द्रित, सङ्घीयता ढाँचामा रूपान्तरण भएको छ ।
दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्ला अदालतले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका –९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।