नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
हल व्यवसायी र वितरकको छाता संस्था नेपाल चलचित्र संघले सोमबार हल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको कार्यसमिति बैठकले सांकेतिक रुपमा विरोध स्वरुप भदौ २७ गते सोमबार हल बन्द गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले बिहीबार जनकपुरधाममा आयोजना गरेको बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
ललितपुर महानगरपालिका वडा ८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहिबार स्वर्ण जितेको छ । प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले हरायो ।
बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन ।
काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरीसहित १० वटा निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।
अशोक खड्का नेपाली तेक्वान्दोमा ठूलो सम्भावना बोकेका खेलाडी हुनुहुन्थ्यो । तर पटकपटकको चोटले एक अव्वल तेक्वान्दो खेलाडीलाई आफ्नो गन्तव्य पुग्नबाट रोक्यो ।
विजयकुमार साह ढल्केबर, भदौ २३ गते। तपाईंले जग्गा जमिन र कलकारखानालगायत सम्पत्ति डाक लिलाम प्रक्रियाद्वारा बिक्री भएको सुन्नुभएको होला। एउटा चौपाया डाक लिलामबाट बिक्री भएको कुरा धेरैका लागि अनौठो विषय हो। धनुषाको मिथिला नगरपालिकाले डाक लिलाम प्रक्रियाबाट एउटा राँगो बिक्री गरेको छ। बिहीबार डाक बढाबढबाट नगरपालिकाले ९१ हजार रुपियाँमा एउटा राँगो बिक्री गरेको हो। मिथिला नगरपालिका–३, हरिहरपुरमा राँगोले मानवीय क्षति गर्न थालेपछि नगरपालिकाले भदौ ४ गते नियन्त्रणमा लिएको थियो। नगरपालिकाको नियन्त्रणमा रहेको राँगो प्रमाणसहित हकदाबी गर्न सात दिने सार्वजनिक सूचना जारी गरेको थियो। तर, सो अवधिसम्ममा राँगो हकदाबी गर्न कोही नआएपछि नगरपालिकाले डाक लिलाम चढाएको थियो।
। बिहीवार पनि नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक २.१३ अङ्क घटेर १९३७.७४ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अङ्क र फ्लोट इण्डेक्स ०.०८ अङ्क घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ ।
उहाँहरुलाई मध्यपुरको ठिमी नगरपलिका–५ राधे राधेस्थित ‘ईजी वे ट्रायल सेन्टर’मा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाइ रहेका अन्य व्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले बिहीवार पक्राउ गरेको हो ।
असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाल टी–२० क्रिकेट लिगका लागि दुई टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार थप दुई टोलीको घोषणा गरेको हो ।
पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४०१ कोरोना परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
राष्ट्रिय सभा अन्तर्गत चार वटा विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।