काठमाडौं, जेठ ९ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
आजको बैठकमा राष्ट्रपतिबाट सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/०८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।
त्यस्तै, राष्ट्रपतिबाट सम्वत् २०८० साल जेठ ५ गते सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/०८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले अध्यक्षले आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।