टीकापुर नगरपालिका–८, श्रीलङ्का (साबिक धनसिंहपुर गाविस–१) बाट विस्थापित भएका जग्गाधनीले आफ्नो जग्गा छुट्याउन पाएका छैनन्। कैलाली र बर्दियाको सीमा भएर बग्ने कर्णाली नदी २०४० सालमा पश्चिमतिर सरेपछि यहाँको जग्गा नदीपारि पुगेको थियो। हाल यस ठाउँलाई श्रीलङ्का भनिन थालिएको हो। कर्णाली नदी निरन्तर पश्चिमतिरै बग्न थालेपछि २०४० सालमा आएको बाढीले बगाएको केही जग्गा नदी उकास भएर खेतीयोग्य भएको छ।
पुरचौँडी नगरपालिका र सिगास गाउँपालिकामा नेपाल टेलिकमको टावर भए पनि फोनको नेटवर्क नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्। जिल्लामै बढी जनसङ्ख्या रहेको पुरचौँडी नगरपालिकामा टेलिकमको नेटवर्क आकाशमा बादल लाग्नेबित्तिकै बन्द हुने गरेको छ।
सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयका छात्रालाई निःशुल्क वितरणका लागि खरिद गरेको २७ लाख रुपियाँको सेनेटरी प्याड गुणस्तरहीन भएको प्रमाणित भएपछि खरिद सम्झौता रद्द गरेर प्याड फिर्ता पठाइएको छ । वितरणका लागि विद्यालय पठाउनै लागिएको सो सेनेटरी प्याड गुणस्तरहीन भएको आशङ्का उत्पन्न भएपछि केही दिनअघि परीक्षणका लागि काठमाडौँ पठाइएको थियो ।
राष्ट्रिय उद्यान महासङ्घ नेपालको बुटवलमा भएको प्रथम उद्यान सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनले राष्ट्रिय, सार्वजनिक, सामुदायिकलगायत विभिन्न उद्यानको दर्ता, व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत राष्ट्रिय नीति तथा कानुन यथाशीघ्र निर्माण गर्न माग गरेको छ ।
पञ्चकुण्ड ताल म्याग्दीको अन्नपूर्र्ण गाउँपालिका–४ स्थित चार हजार १९० मिटर उचाइमा रहेको छ। यो मनमोहक र आकर्षक तालमा परापूर्वकालमा भगवान् शिवले बास गरेको बताइन्छ। यो तालमा पर्यटन प्रवर्धनका लागि पूर्वाधार निर्माण गर्न र पद मार्ग मर्मतका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो। गाउँपालिकाले उक्त पञ्चकुण्ड धामसहित मौरिस हर्गोज पद मार्ग तथा उत्तरी हिमालको आधार शिविरको पर्यटन प्रवर्धनको कार्यव्रmमसमेत आयोजना गरेको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न माग गरिएको छ। कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तेस्रो पटक म्याद थपिदिन माग गरेको हो। पूर्व पश्चिम नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन आयोजनाका प्रोजेक्ट म्यानेजर इन्जिनियर राकेश झाले बताउनुभयो।
पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज बिहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् ।
गर्मी बढेसँगै बाँकेमा अघोषित विद्युत् कटौती बढ्न थालेकाले उद्योग व्यवसाय सञ्चालनमा समस्या हुन थालेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गत केही समयदेखि जिल्लामा विद्युत् अनियमित र अघोषित रूपमा कटौती हुन थालेकाले उद्योगी व्यवसायी सबैभन्दा बढी मारमा परेको गुनासो चारैतिरबाट आइरहेको बताउनुभयो । उहाँले बिनाकुनै सूचना दिनमा दर्जनौँ पटक विद्युत् कटौती भइरहेकाले उद्योग व्यवसाय सञ्चालनमा अवरोध भइरहेको र उत्पादनसमेत निकै घट्दै गएको जानकारी आएको बताउनुभयो ।
केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो ।
नेपाल बैङ्कर्स सङ्घ (एनबिए) का अध्यक्ष सुनील केसीले ब्याजदर अझै घट्ने बताउनुभएको छ । सङ्घले सोमबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले तरलता सहज हुँदै गएको र ब्याजदर अझै घट्ने बताउनुभयो । बैङ्क तथा वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको सङ्घका अध्यक्ष केसीले बताउनुभयो ।
‘अन्तर्राष्ट्रिय व्यापार तथा व्यापार नीति’ सम्बन्धी पाँचदिने प्रशिक्षण कार्यशाला सुरु भएको छ । व्यापार नीति निर्माण, कार्यान्वयन र व्यापार वार्ताका लागि नेपालको क्षमता अभिवृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै युरोपेली सङ्घको आर्थिक सहयोग अन्तर्गत इयु–नेपाल व्यापार तथा लगानी कार्यले नेपाल सरकारका वाणिज्य क्षेत्र सम्बद्ध अधिकारीहरूका लागि प्रशिक्षण सुरु गरेको हो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले चलाएको दसवर्षे सशस्त्र द्वन्द्वको अन्त्य विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत भएको थियो। सो सम्झौता अनि वैधानिक व्यवस्था अनुसार त्यो द्वन्द्वका घाउहरू निको भएर राष्ट्रिय मेलमिलाप हुँदै मुलुक समृद्धितर्फ अगाडि बढिसक्नुपर्ने थियो। तत्कालीन द्वन्द्वरत पक्षहरू पटक पटक सत्ता नेतृत्वमा पुगेका छन् तर अझै सशस्त्र द्वन्द्वका व्रmममा बेपत्ता पारिएका नागरिकको अवस्थाबारे पीडित परिवारले जानकारी पाउन सकेका छैन
नेपालको संविधानको धारा ११९ को उपधारा (३) अनुसार आगामी जेठ १५ गते सङ्घीय सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट जारी हुने छ। यो नियमित कार्य भए पनि आगामी आवको बजेट निर्माणमा सरकार गम्भीर हुनुपर्ने परिस्थिति सिर्जना भएको छ। कोभिडको सङ्व्रmमणपछि थलिएको विश्वव्यापी अर्थतन्त्रको खराब प्रवृत्तिबाट हामी पनि अछुतो छैनौँ। यसर्थ सर्वप्रथम बजेटको आकार नै उपयुक्त हुनुपर्ने आवश्यकता बोध भएको छ। चालु आवको बजेटको आकारलाई मध्यावधि समीक्षाद्वारा साढे दुई खर्बले सानो बनाइएको छ। यसरी घटाइएको बजेटको पनि अधिकतम् ८० प्रतिशत हिस्सा खर्च हुनेमा आशङ्का छ। यसर्थ आगामी आवमा चालु आवको भन्दा सानो आकारको बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति छ। प्रस्तुत सन्दर्भमा राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको सिलिङ १६ खर्ब ८८ अर्ब निर्धारण गरे