बेलुकाको ३ बजेपछि सधैँजसो हुने छिटफुट वर्षाले किसानलाई निकै समस्यामा पारेको छ । गहुँ बाली पाकेर पहेँलै भएका बेला साझँपख सधैँजसो पर्ने पानीले किसानलाई समस्यामा पारेको हो । हिउँदभरि पानी नपरेर गहुँ बाली उत्पादनमा कमी आएको नै छ । त्यसैमा केही भएका दानालाई भित्र्याउन नदिएर थप दुःख दिन थालेपछि किसान चिन्तित भएका छन् ।
व्यापार व्यवसाय र रोजगारीका लागि दुई देशको सिमाना हिल्सा हुँदै चीनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिनेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वैशाख १८ गतेबाट बन्द भएको हिल्सा नाका चीनले दुईतर्फी रूपमा खुला गरेपछि त्यहाँ जानका लागि सीमा पास लिने हुम्लावासीको सङ्ख्या बढेको हो ।
लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ को पेकरनास, कोरेम र बच्छीका ४२ घरपरिवार जोखिममा परेका छन्। एमडी दुगड समूहको लगानीमा निर्माणाधीन ५५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सुरुङमा पानी हालेपछि गाउँमा जताततै पानी रसाएकाले स्थानीयवासीमा त्रास पैदा भएको हो। जलविद्युत् आयोजनाको सुरुङबाट चुहिने पानी घट्नुको साटो बढ्दै गएको पेकरनास, कोरेम र बच्छी उच्च जोखिममा परेको स्थानीय इन्द्रबहादुर खत्रीले बताउनुभयो।
प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाले गति लिन सकेको छैन। गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा जनताको पहुँच पु-याउने उद्देश्यले सरकारले तीन वर्षअघि सुरु गरेको यो कार्यक्रमको पहिलो चरणमा ३९५ र दोस्रो चरणमा २५९ वटा स्थानीय तहमा आधारभूत अस्पताल भवन निर्माण गर्ने निर्णय भइसकेको छ। बाँकी रहेका ९८ स्थानीय तहमा भने कुनै प्रव्रिmया नै सुरु भएको छैन।
सिन्धुपाल्चोकमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ। जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये ६० प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन्। जिल्ला अदालत चौताराका अधिकृत अक्षयकुमार दनुवारका अनुसार २०७९ साउनदेखि २०८० वैशाख मसान्तसम्म सम्बन्धविच्छेदका ४२८ वटा मुद्दा दर्ता भएका छन्। पुरुषको तर्फबाट १४८ वटा मुद्दा दर्ता भएकोमा ४८ वटा मुद्दा फैसला भइसकेका छन्। ७४ वटा मुद्दा मिलापत्र भएको र २८ वटा मुद्दा प्रक्रियामा रहेको अदालतले जनाएको छ।
जाजरकोटको भेरी नगरपालिका १ काले गाउँ स्थित भेरी नदिका डुबेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका -८ का वर्ष १५ का विवेक वि.क. को नदिका पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
तोकिएको कर्जा/निक्षेप अनुपात (सिडी रेसियो) उल्लङ्घन र अनिवार्य नगद अनुपात कायम नगर्ने पाँच विकास बैङ्क र एक फाइनान्स कम्पनीलाई नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गरेको छ । तेस्रो त्रैमासमा कर्पोरेट डेभलपमेन्ट बैङ्क, साल्पा विकास बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क, सप्तकोशी डेभलपमेन्ट बैङ्क, नारायणी डेभलपमेन्ट बैङ्क र मल्टिपर्पस फाइनान्सलाई राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै जरिवाना तिराइएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ ।
वैशाख १८ अर्थात् मे १ देखि दुईतर्फी रूपमा तातोपानी नाका सञ्चालनमा आए पनि हालसम्म उक्त नाका आंशिक रूपमा एकतर्फी सञ्चालनमा छ । मे १ मा नेपालबाट तीन कन्टेनर मुढा, हस्तकलाका सामग्री, म्याटे«स चीनतर्फ निर्यात भए पनि त्यसपछिका दिनमा अहिलेसम्म कुनै पनि सामान निर्यात भएको छैन । त्यस कारण तातोपानी नाका कन्तबिजोग र सुनसान छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने गरी चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिनुपर्ने बताउनुभएको छ। चिकित्सा शिक्षा आयोगको सोमबार बसेको ११ औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रलाई सुधार गर्न चिकित्सा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभयो। उहाँले चिकित्सा क्षेत्रमा हालसम्मका विभिन्न अनुभवको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताउनुभयो। उहाँले देशको आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक पक्षको समग्र अवस्थाको प्रतिविम्ब सबै क्षेत्रमा परेको भन्दै स्वास्थ्य क्षेत्र पनि देशको समग्र अवस्थाको एउटा हिस्सा रहेको बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन [मिटरब्याजी] सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।
जडीबुटी खेतीको अनुसन्धान, व्यावसायिक उत्पादन, विस्तार प्रशोधन र बजारीकरणलाई प्रोत्साहन गरिने भएको छ । सरकारको आगामी नीति तथा कार्यक्रममार्फत यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । जडीबुटीको व्यावसायिक उत्पादनका लागि वन विनाश नहुने गरी वन क्षेत्र भाडामा उपलब्ध गराउने, जडीबुटी प्रशोधन प्रयोगशालाको सुदृढीकरण गर्दै निकासी प्रवर्धन गर्ने, दुर्लभ, लोपोन्मुख, रैथाने तथा अन्य महत्त्वपूर्ण वनस्पतिको संरक्षण गर्ने, दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु संरक्षणका लागि घाँसे मैदान र सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गरी स्वस्थ पारिस्थितिकीय प्रणालीको विकास गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रममार्फत व्यक्त गरिएको छ ।
विसं २०७२ मा संविधान जारी भएपछिको दोस्रो कार्यकालका लागि तीन वटै तहका सरकारले काम गरिरहेका छन्। तीमध्ये स्थानीय तहको सरकारको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ। सङ्घीय र प्रदेश सरकारले भने दोस्रो कार्यकालको पहिलो वर्षमा नै काम गरिरहेका छन्।
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत १५ सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सिन्धुपाल्चोककी अस्मिता भुजेल र पुरुषतर्फ दोलखाका विकेश घिमिरेले स्वर्ण पदक हात पार्नुभएको छ ।