जाजरकोट, जेठ ९ गते । जाजरकोटको भेरी नगरपालिका १ काले गाउँ स्थित भेरी नदिका डुबेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका -८ का वर्ष १५ का विवेक वि.क. को नदिका पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
सोमवार दिउँसो ४ बजे तिर साथी सँग पौडी खेल्न भेरीमा गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नदीमा डुबेका बालकको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पुर्याइएको थियो ।
जाजरकोटका डिएसपी सन्तोष रोकाले उद्धार गरेर अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको बताउनुभयो ।