लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीहरू रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीन जना मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा पर्यटक भित्र्याउन गाउँपालिकाले सक्रियता बढाएको छ ।
जिल्ला सदरमुकाम मुसीकोट खलङ्गा बजारसहित रुकुम कारागारमा एक सातायता खानेपानी समस्या भए पनि समाधानको प्रयास हुन सकेको छैन । निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार खानेपानीको अभाव भएपछि कैदीबन्दीलाई थप समस्या भएको छ । पिउने पानी, शौचालयको प्रयोग र सरसफाइका लागि पानीको अभाव हुँदा छिमेकबाट मागेर काम चलाउँदै आएको छ । कारागारमा पानीको समस्या नहोस् भनेर पानीको मुहानबाट सिधा लाइन जोडिए पनि गर्मी बढेसँगै पानीका मुहान सुक्न थालेपछि पानीको समस्या भएको हो ।
बाँकेको एउटै गाउँपालिकामा १० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासी छन् भन्दा कमैलाई विश्वास लाग्ला तर यो वास्तविक देखिएको छ।
ऐँसेलुखर्क गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक बालकको मोतियाबिन्दुको शल्यव्रिmया सफल भएको छ। मोतियाबिन्दुले जन्मैदेखि आँखा नदेख्ने ऐँसेलुखर्क गाउँपालिका–३, ऐँसेलुखर्क भोक्तेनीका १० वर्षीय लालकुमार खुलाल शल्यव्रिmयापछि अहिले आँखा देख्ने भएका छन्।
अघिल्लो वर्ष सप्तकोशीको बाँध फुटेर गाउँतिर बाढी पसेको उदयपुरको बेलका नगरपालिका–८, लाहुरे खोंचस्थित डुम्रीबोटे क्षेत्रमा (बिग बोल्डर) अर्थात् ठुला ढुङ्गा लगाएर कोशी नियन्त्रणको काम सुरु भएको छ। कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको सो स्थानमा तत्काल काम गर्नुपर्ने भएकाले जलस्रोत तथा सिँचाइ विभागको करिब ७३ लाख रुपियाँको लागतमा स्थानीय उपभोक्ता समितिमार्फत १७० मिटर लामो र तीन मिटर उचाइ भएको बिग बोल्डर स्लोप निर्माण गर्न थालिएको कोशी तथा बक्राहा नदी व्यवस्थापन कार्यालय विराटनगरका आयोजना प्रमुख चव्रmविव्रmम सिंहले बताउनुभयो।
नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो ः रोड टु डेथ’ को अङ्ग्रेजी ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन गरिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकका रूपमा देखाइएको छ ।
रानी शाक्य र सङ्गीतकार बाबुल गिरीको स्वर रहेको गीत ‘झिम परेली’ सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा सङ्गीत तथा एरेन्ज गिरीको रहेको छ । गीतमा कलाकार किरण केसी, दीपाश्री निरौला, सरोज प्रजा र आभा थापालगायतको अभिनय रहेको छ । मित्र डि गुरुङको सम्पादन, सुदीप बरालको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा नृत्य निर्देशन कविराज गहतराजको रहेको छ ।
ललितकला प्रज्ञा–प्रतिष्ठानले जेठ १५ देखि ३० सम्म ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । प्रतिष्ठानले आफ्नो वार्षिक कार्यतालिका अनुसार गर्न लागेको प्रदर्शनीमा ६१० कलाकारका ६९७ कलाकृति राखिने छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५२ कलाकारका ७५४ कलाकृतिमध्येबाट छनोट गरिएको हो । जस अन्तर्गत आधुनिक चित्रकला विधामा २३६ कलाकारका २७२ कलाकृति, परम्परागत चित्रकला विधामा १३० कलाकारका १३६ कलाकृति, आधुनिक मूर्तिकला विधामा ४२ कलाकारका ४६ कलाकृति र परम्परागत मूर्तिकला विधामा ३१ कलाकारका ३९ कलाकृति रहने छन् ।
आगामी वर्षका लागि सरकारको नीति तथा संसद्मा पेस भएको छ । नीति तथा कार्यक्रमका १८८ बुँदामध्ये सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित बुँदा १२ वटा छन् । तीमध्ये प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित बुँदा भने तीनवटा मात्र छन् । ९८ देखि १०० सम्म उल्लेख गरिएका यी बुँदामा यो सरकार आगामी एक वर्षमा मिडिया क्षेत्रमा के गर्न चाहन्छ, कस्तो ब
दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्नेछ ।
गरिखाने श्रमिक तथा गाँस, बास, आवास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा पहुँच नपुगेका वा पिछडिएका ‘तल्लो वर्ग’ प्रति राज्यको निस्पृहता अस्वाभाविक हुन्छ । बरु समग्र उनीहरूप्रति राज्यको विशेष चासो र उत्थानकारी कार्यक्रम कार्यान्वयनमा गम्भीर सव्रिmयता चाहिन्छ । श्रमिक तथा गरिब (तल्लो वर्ग) को हितार्थ नेपालमा संस्थागत संरचना र कार्यक्रम पनि नबनेका होइनन् तर यो वर्गीय अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन । आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारको नीति तथा
प्रत्येक वर्ष मे २२ लाई विश्व जैविक विविधता दिवसका रूपमा संसारभरि मनाइने गरिन्छ । विश्वले यस दिनलाई जैविक विविधताको संरक्षण गर्न एकताको दिनका रूपमा पनि लिने गरेको छ । सन् २००० मा संयुक्त राष्ट्रसङ्घको महासभाले मे २२ लाई विश्व जैविक विविधता दिवसका रूपमा मान्यता दिनुको उद्देश्य जैविक विविधता संरक्षणमा संसारभरि यसको समझदारी र चेतना अभिवृद्धि गर्ने रहेको थियो । सन् १९९२ मा भएको जैविक विविधता महासन्धिले यसको संरक्षण पारस्परिक सहयोग र समझदारीले मात्रै गर्न सकिने हुँदा कानुनी रूपले नै एक अर्कासित जोडिन आह्वान गरिएको हो । यसका मूल तीन उद्देश्य छन्, जैविक