• ७ पुस २०८१, आइतबार

नीति तथा कार्यक्रम सङ्घीयता विरोधी : अध्यक्ष राउत

blog

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउत ।

काठमाडौं, जेठ ९ गते। जनमत पार्टीका अध्यक्ष तथा सांसद डा‍. चन्द्रकान्त राउतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सङ्घीयता विरोधी भएको बताउनुभएको छ। मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सङ्घीयता विरोधी भएको बताउनुभएको हो। 

उहाँले नीति तथा कार्यक्रममा जम्मा तीन पटक मात्रै सङ्घीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले प्रदेश प्रहरी, कर्मचारी समायोजन लगायतका सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रूपमा सम्बोधन गर्ने पहल गर्नुपर्ने बताउनुभयो। उहाँले पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एक वटा शीतगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामूहिक कृषि, उत्पादन नीति, सामूहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु भने राम्रो भएको बताउनुभयो। 

उहाँले मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गर्दै विशेष ‘रेस्क्यू प्याकेज’ घोषणा गर्न माग गर्नुभयो।