गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकमाझ आइपुग्नुभएको छ । पब्लिकेसन नेपालयबाट प्रकाशित भोजपुरेको पुस्तक ‘मुसुक्क म’ मा १०८ वटा लघुकथाको सङ्ग्रह रहेको छ । लघुकथाका अधिकांश कथा एउटै पानामै सकिएका छन् । अझ कतिपय त एक/दुई अनुच्छेदमै अभिव्यक्त भएका कथाको सिङ्गो सङ्ग्रह एक बसाइँमै पढ्न सकिन्छ ।
फुलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ मा रहेको गीत सार्वजनिक गरिएको छ । भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक बिपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ । विस २०७२ को महाविनाशकारी भूकम्प र परिवार वियोगको कथावस्तु समेटिएको चलचित्रको गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले सङ्गीत दिनुभएको छ ।
सिमकोटमा रहेको ठुलो चट्टानी ढुङ्गामाथि देवताको मन्दिर (माडु) निर्माण गरिएको छ । ढुङ्गाको सदुपयोग हुने र कलात्मक पनि देखिने भएपछि स्थानीयले मन्दिर निर्माण गरेका हुन् । सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोर्खबहादुर लामाले ढुङ्गामाथि ल्वाखुट देवताको मन्दिर निर्माण गरिएको बताउनुभयो । यसअघि उक्त देवताको मन्दिर अन्यत्र रहेको थियो ।
भारतीय पर्यटकलाई नेपालमा भित्र्याउनका लागि चितवनका पर्यटन व्यवसायीको टोली चारदिने प्रचारात्मक कार्यक्रम गर्नका लागि भारत पुगेको छ । पर्यटन व्यवसायी भारतको पटना, बनारस र गोरखपुरका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिन गएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहा, पर्यटन व्यवसायी सहभागी भएको टोलीले नेपालको सीमावर्ती क्षेत्रमा रहेका भारतका
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रदेशका नागरिकको हितमा काम गर्न ध्यानाकर्षण गराएका छन्। बागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु भएको दोस्रो अधिवेशनको पहिलो बैठकमा सभा सदस्यले ध्यानाकर्षण गराएका हुन्। नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा सभा सदस्यले जोड दिएका छन्। बैठकमा नेपाली कांग्रेस प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले जनहित र सङ्घीयता कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताउनुभयो। उहाँले बजेट निर्माणमा अझै केन्द्रमा आश्रित हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भ्रष्टाचार र बिचौलिया बढेको सार्वजनिक रूपमा गुनासो आएको चर्चा गर्दै प्रदेश सरकारले पनि यसमा काम गर्न ध्यानाकर्षण गराउनुभयो।
दस महिनाको अवधिमा रामेछाप जिल्लाबाट छ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका छन्। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि वैशाख महिनासम्ममा रामेछापबाट एक हजार २५० जना महिलासहित छ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन्।
“उखुको बक्यौता रकम लिएर जान्छौँ या ज्यान त्यागेर जान्छौँ,” यो पीडायुक्त भनाइ सात दिनदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएका उखु किसान रामलाल कलवार र तुलसीराम छिदीको हो । नौ वर्षदेखि बाँकी रहेको रकमका लागि पटक पटक आन्दोलन गरेँ तर कुनै सुनुवाइ भएन अनि काठमाडौँसम्म आउन बाध्य भएको उहाँले बताउनुभयो ।
आफ्नो उपचार नेपालमै गर्ने चाहना राख्नु हुने सांसद डा. चन्द्र भण्डारीले जलन उपचार राज्यको प्राथमिकतामा नपरेको बताउनुभएको छ । भारतमा उपचार गराई हाल नेपालकै फ्रन्ट लाइन अस्पताल, काठमाडौँमा उपचार गराउन बाध्य भएका भण्डारीले आफू भारतमा उपचारका लागि गएपछि वीर अस्पतालमा सुवधिा सम्पन्न जलन उपचार केन्द्र बनाउने घोषणा गरेको भए पनि तीन महिनाभन्दा बढी हुँदासमेत सञ्चालनमा नआउनु दुःखद रहेको बताउनुभयो । उहाँले आगलागीका घटनामा सामान्यबाहेकको उपचार नेपालमा सम्भव नहुने भएकाले आम नागरिक विदेशमा पुगेर उपचार गर्ने अवस्था नरहेकाले नेपालमै सहज उपचार गराउन आवश्यक प्रविधिसँग पूर्वाधारयुक्त अस्पताल आवश्यक रहेको उल्लेख गर्नुभयो । यिनै विषयलगायतमा उहाँले बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्न समय लिनुभएको छ ।
वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ । गत फागुन ३ गते राति प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहाँकी आमा आगलागीमा परी गम्भीर दुर्घटना हुँदा उपचारमा समस्या परेको थियो । आमा चन्द्रकला भण्डारीको घटनाको भोलिपल्ट निधन भयो भने सांसद भण्डारीको उपचार नेपालमा नहुने भएपछि भोलिपल्टै भारत लगिएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ।
थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौं र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ।
संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ।
सरकारले जापान सरकारबाट प्राप्त हुने ४१ करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नुभएको छ।