• १६ चैत २०८०, शुक्रबार

हिरण्यको ‘मुसुक्क म’

blog

काठमाडौँ, जेठ १० गते । गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकमाझ आइपुग्नुभएको छ । पब्लिकेसन नेपालयबाट प्रकाशित भोजपुरेको पुस्तक ‘मुसुक्क म’ मा १०८ वटा लघुकथाको सङ्ग्रह रहेको छ । लघुकथाका अधिकांश कथा एउटै पानामै सकिएका छन् । अझ कतिपय त एक/दुई अनुच्छेदमै अभिव्यक्त भएका कथाको सिङ्गो सङ्ग्रह एक बसाइँमै पढ्न सकिन्छ । 

नेपाली साहित्यमा गीतकारका रूपमा समेत नाम कमाउनुभएका भोजपुरेले कविता, कथा, उपन्यास र बाल साहित्यजस्ता विविध विधामा थुप्रै पुस्तक दिई सक्नुभएको छ । उहाँको ‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ भन्ने गीत अहिलेसम्म उत्तिकै चर्चित छ ।