• ८ असार २०८२, आइतबार

इजरायल र अमेरिकाको संयुक्त कदम : इरानका तीन आणविक साइटमा आक्रमण

blog

फाइल तस्बिर

वाशिंगटन, असार ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक साइटहरू फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताउनुभएको छ । यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ ।

यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।

राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्नुभयो, ‘‘सबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन् । फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो ।’’

उहाँले थप्नुभयो, ‘‘सामान्य रुपमा  बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो ।’’  

यस घटनाले विश्वव्यापी रुपमा नयाँ तनाव सिर्जना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा धक्का पुर्‍याएको हो ।  

राष्ट्रपति ट्रम्पको यस अभिव्यक्तिपछि इरानले प्रतिक्रिया दिने तयारी गरिरहेको देखिन्छ । रासस/सिन्ह्वा