उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनु यादवको अनसन तोडाउनु भएको छ । यादव १५ औँ दिनदेखि अनसनमा हुनुहुन्थ्यो ।
आफ्नो पेशागत सुरक्षालगायतका माग लेखेका प्लेकार्ड बोकेर बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको अगाडि उभिएका प्रतिष्ठानका नर्सिङ स्टाफ तथा डाक्टरहरु ।
नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेको स्वास्थ्य विज्ञान संस्थानलाई ‘सेन्टर फर एक्सिलेन्स’ (विशिष्टिकृत) अवधारणा अनुसार विस्तार गरिने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताउनुभएको छ।
जेठ १५ देखि २१ गतेसम्म मित्र राष्ट्र अजरवैजानको बाकु शहरमा सञ्चालन हुने बाकु-२०२३ वल्र्ड तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय तेक्वान्दो टिमले सहभागीता जनाउन लागेको छ ।
बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ चितवनका सुजित महतो र महिलातर्फ मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।
थालेसेमियाका बिरामीलाई आवश्यक पर्ने आइरन चिलेटर (डिफेरासिरोक्स) नामक औषधि भेरी अस्पतालमा पहिलो पटक निःशुल्क वितरण गरिएको छ । बिरामीले रगत चढाएपछि प्रयोग गर्नुपर्ने एउटै ट्याबलेटको १५० रुपियाँसम्म पर्ने सो औषधि अस्पतालमा उपचारका लागि आउने बिरामीले यसअघि आफैले किन्थे ।
जिल्लाको दुर्गम बस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षणदेखि बाह्र जना बिरामीको औलो रोगको नमुना सङ्कलन गरिएको छ ।
सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
तातो हावापानी रहेको कैलालीमा लटरम्म स्याउ फलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले लटरम्म स्याउ फलाउनु भएको हो ।
न्युरोड टिम (एनआरटी) र विभागीय टोली एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जित निकालेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गर्नुभएको छ ।
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ ।