काठमाडौं, जेठ ९ गते। संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ।
संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘‘मान्य सदस्यहरु संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालनको नियमावली मस्यौदाको संशोधन मस्यौदा समितिका प्रतिवेदन पेस गर्ने प्रयोजनको लागि संघीय संसदको संयुक्त बैठक मिति २०८०, जेठ १० गते बुधबार दिनको ४ बजे प्रतिनिधि सभा बैठक कक्षमा बस्ने व्यहोरा मान्य सदस्यलाई जानकारी गराउँछु।’
प्रतिनिधि सभाको अर्को बैठक जेठ १० गते बिहान ११ बजे बस्नेछ।