• १५ चैत २०८०, बिहिबार

जापान सरकारको ४१ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

blog

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्मा । फाइल तस्बिर

काठमाडौं, जेठ ९ गते। सरकारले जापान सरकारबाट प्राप्त हुने ४१ करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जापान सरकारबाट मानव संशाधन विकास छात्रवृत्ति (जेडीएस) को तेस्रो चरणको प्रथम ब्याजका लागि प्राप्त हुने ४१ करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो।

सञ्चारमन्त्री शर्माले अर्थ मन्त्रालयकै प्रस्तावमा भन्सार महसुल सम्बन्धमा नयाँ विधेयक तर्जुमा गर्न सैद्वान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत भएको बताउनुभएको छ। उहाँले भन्नुभयो, “भन्सार महसुल सम्बन्धमा नयाँ विधेयक तर्जुम गर्ने बाटो खुलेको छ। यो विधयेक तर्जुमा हुनेछ।”

यसैगरी, विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त हुने १९.७० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ।