• २९ वैशाख २०८१, शनिबार

नेफिन बेलायतद्वारा आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण

blog

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सहयोग प्रदान गर्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिका पदाधिकारी। तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ ९ गते। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो। नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो। 

नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महावीर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताउनुभयो। रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताउनुभयो। 

यसैगरी सो अवसरमा महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको भन्दै उक्त अभियानमा सबै कुनै न कुनै रुपले सहभागी हुनुपर्ने बताउनुभयो। 

राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच भएको सहमति पालना हुनेमा विश्वास व्यक्त गर्दै उहाँले उक्त सम्झौता कार्यान्वयन नभए महासंघलाई जानकारी गराउन समेत आग्रह गर्नुभयो। उक्त अवसरमा नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद दिनुभयो।