• २० वैशाख २०८१, बिहिबार

क्यानडा र साउदी अरबबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना

blog

ओटावा, जेठ ११ गते । क्यानडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

क्यानडाले साउदी अरबका लागि नयाँ राजदूतका रूपमा ज्याँ फिलिप लिन्टोलाई नियुक्त गरेको क्यानडाको विदेश मन्त्रालयद्वारा बिहीबार जारी एक विज्ञप्तिमा जानकारी गराइएको छ ।

“यो कदम पारस्परिक सम्मान र साझा हितमा आधारित छ । साउदी अरबको विदेश मन्त्रालयले पनि बुधबार यस्तै घोषणा गरेको छ ।

सन् २०१८ मा साउदी अरबले कूटनीतिक विवादपछि क्यानडाका राजदूतलाई देश निकाला गरेपछि दुई देशबीचको विवाद बढेको थियो । रासस/सिन्ह्वा