• १५ वैशाख २०८१, शनिबार

जङ्गली च्याउ खाँदा एक घरका तीन बिरामी

blog

तनहुँ, जेठ १२ गते । तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन् । व्यास नगरपालिका –५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उहाँको श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र उहाँको छोरा  वर्ष ३२ को थमन गुरुङ बिरामी हुनु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाडले जानकारी दिनुभयो ।

बिरामी भएपछि तीन जनाको दमौलीस्थित दमौली अस्पतालमा उपचारको लागि ल्याइएको थियो । वर्ष ७२ का शुकबहादुरलाई थप उपचारको लागि बिहीबार दिउँसो स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरा पठाएको र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको प्रनाउ खाडले जानकारी दिनुभयो । 

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि उहाँलेहरु तीनै जना घाइते हुनु भएको उहाँले जानकारी दिनुभयो । उक्त घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Author

अमरराज नहर्की