“आफ्ना सन्तानको उत्तराधिकारको सम्पत्ति इज्जत र मर्यादा हो । म मृत्युलाई अँगालेर पनि उत्तराधिकारको सम्पत्ति नष्ट हुने काम गर्दिनँ,” राजनेता विश्वेश्वरप्रसाद कोइरालाका यी अभिव्यक्ति राजनीति गर्ने, अझ विस्तारमा भन्दा सार्वजनिक जिम्मेवारीमा रहनेहरूका लागि नैतिकताका सूत्र र आचरणका मन्त्र हुन् । राजाले प्रजातन्त्र अपहरण गरेपछि अवसरबिना रहन नसक्ने राजनीतिक कार्यकर्ता राजाका उपयोगमा रहे, सुख सयल गरे तर इतिहासबाट विलीन भए । उत्तराधिकारको सम्पत्ति आफ्ना सन्ततिलाई दिएनन् ।
अधिकांश समय कारागार, निर्वासन र स्थानहद नियन्त्रणमा पर्नुभएका विश्वेश्वरले सुन्दरीजल कारागारमा रहँदा मनभित्र विचरण गरेका विषय चाहिँ राजनीतिक नैतिकताको शिक्षा बन्यो । रङ्गभेदबाट मुक्तिको आवाज उठाउँदा २७ वर्ष कारागार बिताएका नेल्सन मण्डेलाले व्यक्तिको आन्तरिक मूल्याङ्कनको आधार इमानदारिता, सदाचारीपन, उदारता, विनम्रता र सेवा समर्पणलाई माने । न कि बाह्य कारक सम्पत्ति, लोकप्रियता, पद र शिक्षालाई । सानो व्यभिचारमा उनले श्रीमती विन्नीलाई समेत त्यागिदिए तर मण्डेला राजनीति र राज्यकौशलका मानक बने । उनले ठड्याएको व्यक्तित्व उत्तराधिकारको साझा सम्पत्ति हो ।
तेस्रो विश्वमा विश्वेश्वर, मण्डेला जस्ता मानक व्यक्तित्वको प्रभावबाट राजनीति र शासन व्यवस्था अलग्गिँदै गएको छ । उल्टो अहङ्कार, दम्भ र बेथितिको सगरमाथा ठडिँदै गएका छन् । त्योभन्दा पनि ठुलो कुरा औपचारिक र गर्भित मानक स्थापित छन् । जिम्मेवारीलाई अवसर सम्झिने प्रवृत्तिले सुखवादी चरित्र
‘प्लेजर इनर्सिया’ हुर्किंदै आएको छ । परिश्रमबिनाका प्राप्तिका मार्ग च्याउने, हिँड्ने तर अर्कोलाई अर्ति–उपदेश दिने प्रवृत्ति बढ्दै छ । यसले सङ्गठनलाई खोव्रmो बनाएको छ । नैतिक आदर्श स्खलित भएर नरम राज्यप्रणाली विकास भएको छ ।
शासन प्रणाली एकबाट अर्कोमा रूपान्तरण हुँदा राज्य प्रणाली नरम भएको थुप्रै उदाहरण पाइन्छ । यस अवस्थामा सामान्यतः सङ्व्रmमणको लागत चुकाउनु पर्छ । राजनेताहरूले राज्यकौशल देखाए, प्रशासनिक प्रणालीले व्यावसायिकता देखाए सङ्व्रmमणको सीमा लामो रहँदैन तर सो नदेखिएमा कतिपय संस्था र व्यक्ति प्रणाली कमजोरीको फाइदा उठाएर शासन र सेवा व्यवस्थापनमाथि धावा बोल्न पुुग्छन् ।
यस अवस्थामा नियमन कमजोर हुँदै जाँदा स्थापित मानक औपचारिक बन्दछन्, फर्मलभन्दा फेक विधि शक्तिशाली हुन्छन् । र, संस्था, संरचना र नीतिमाथि राजनीति–प्रशासन–व्यापारी–फौबन्जारको गठिलो स्वार्थ सञ्जाल बन्छ । यस अवस्थामा सर्वसाधारण र राष्ट्र निरीह बन्दछ । जिम्मेवार पदाधिकारीबाटै बेथिति संस्थागत हुन्छ । नैतिक मूल्य मानक अवलम्बन नगर्नेहरू आदेश निर्देश गर्ने भूमिकामा पुुग्छन् । गर्भित र वास्तविक कार्यबिच खाडल बन्छ । अहिले नेपालमा देखिएको अवस्था करिब यस्तै हो ।
राष्ट्रसङ्घका तत्कालीन महासचिव कोफी अन्नानले भनेका थिए– भ्रष्टाचार नियन्त्रणको कार्य धर्मयुद्ध जस्तै हो, जुन प्रत्येक घरबाट सुरु हुुनु पर्छ । भ्रष्टाचारका सम्बन्धमा केही मुलुकको अध्ययनबाट जेम्स ए रविन्सन निष्कर्षमा पुुगेका थिए कि प्रणाली नबसेका मुलुकमा सार्वजनिक साधन र शक्ति चोर्न पल्केका क्लिप्टेव्रmेट (भ्रष्ट नेता र कर्मचारी) सामाजिक संरचना र राज्य प्रणालीलाई कमजोर पारेर भ्रष्टाचार गर्दछन् ।
मोपुतो सेसेकोकालीन कङ्गो, राफिल ट्राजिलोकालीन डोमिनिकन गणतन्त्र, डुुभालिएरकालीन हाइटी, सोमाजसकालीन नाइजेरिया, अमिनकालीन युुगान्डा, चाल्र्स टेलरकालीन लाइबेरिया र मार्कोसकालीन फिलिपिन्स यसका प्रतिनिधि उदाहरण हुन् । क्लिप्टेव्रmेटहरू औपचारिक संस्था र विधिलाई कमजोर पारेर सुुशासनको चीरहरण गर्दछन् र आफैँ सुशासनका अर्ति र उपदेश दिन्छन् । कुशासनको लागत भने जनताले बेहोर्छन् । यस्ता मुलुकमा संस्था निर्माण नै नहुने भएकाले विकास र समृद्धि प्राप्त गर्न सकिँदैन ।
नेपालसँगै विकासको यात्रा थालेका मुलुक सिङ्गापुर, दक्षिण कोरिया समृद्धिको शिखरमा छन् । मलेसिया यसतर्फ अभिमुख छ । नेपालभन्दा केही पछि विकास यात्रा सुरु गरेको चीन चामत्कारिक आर्थिक वृद्धिका साथ इकोनोमिक डबल टाइमलाई घटाएर सात वर्षमा झारिसकेको छ । यी मुलुकले विकासको एसियाली ढाँचा प्रस्तुत गरिरहेका छन् । यी मुलुकले पर्याप्त स्रोत भएर विकासको फड्को मारेका होइनन्, कठोर अनुशासनसाथ राष्ट्र निर्माणको सङ्कल्पमा थिए । जहाँ जे उपलब्ध छ, त्यहीँ नै विकासको आधार बन्यो । कहीँ अवस्थिति, कहीँ जनशक्ति, कहीँ प्राकृतिक साधन, कहीँ ज्ञान मात्र ।
चीनले शिक्षा दियो – नीतिभन्दा नीतिप्रतिको निष्ठा र प्रतिबद्ध कार्यान्वयन ठुलो हो । सिङ्गापुरको शिक्षा थियो – सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षा र प्रतिस्पर्धी अनुशासित कर्मचारीतन्त्रले समृद्धि दिन्छ । दक्षिण कोरियाको शिक्षा चाहिँ राष्ट्र विकासका लागि नेतृत्वको मन रुनु पर्छ तर नेपालसँग अहिले पनि प्राकृतिक स्रोत भर्जिन छ, अवस्थितिको फाइदा लिने सम्भावना छ, जनसाङ्ख्यिक लाभ लिन सकिने अवस्था छ, युवा श्रम रोजगारीको खोजीमा भौँतारिएको छ, जैविक–पर्यावरणीय अवसर छ । संविधानदेखि नीति संरचना राम्रा छन् । विकास, समृद्धि र सुशासन सधैँको सपना बनेको छ ।
केही दशकदेखिको स्थिति विश्लेषण गरौँ । पदाधिकारी आआफ्नो दायित्व र आचरणबाट विचलित छन् । समाजलाई आदर्श बाटो देखाउने शिक्षक राजनीति गरिरहेको छ । सर्वसाधारणलाई सेवा दिने कर्तव्यका पेसाकर्मी राजनीति गरिरहेका छन् । नागरिक सन्तुष्टिको मियो बन्नुपर्ने सार्वजनिक प्रशासन जागिर खाइरहेको छ, ऊ सुविधामा रमाउँछ, काममा लजाउँछ । सर्वसाधारण अतिरिक्त शुल्क र मध्यस्थकर्तामार्फत सेवा लिइरहेका छन् । व्यापारी–उद्योगपति विधिभन्दा म्यानिपुलेसनमा छन् । आस्थामा विभाजित आमसञ्चारले प्रश्न तेस्र्याएर सुशासन र समृद्धिमा योगदान दिन सकिरहेको छैन । सार्वजनिक बौद्धिकहरूले बाटो देखाउन सकिरहेका छैनन् । यदाकदाको झुल्केघाम नागरिक समाज धेरैजसो अवस्थामा पहरेदारी गर्न भुलेर आस्थामा परिचालित छ ।
आफ्नै विगत सफा नभएकाहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा लागेर सदाचारको स्वरलाई सुरुदेखि नै आफ्नो बनाउन पछि परेका छैनन् । समाज र शासनलाई नेतृत्व दिने राजनीतिले यति बाटो बिराएको छ कि भन्ने शब्द नै बाँकी छैनन् । प्रणालीको नेतृत्व गर्ने धेरैजसो पदाधिकारी इमानदार र सदाचारबाट बाहिरिएका छन् । प्रणालीभित्रका सीमित इमानदार प्रणालीको प्रदूषित भएकाले आत्मसङ्कुचनमा छन्, उनीहरूको केही गर्ने प्रयास पनि छायामा छ । युवापुस्ता आफ्नो भविष्यको आशा गुमाइरहेको छ । यो स्थिति भनेको आमूल परिवर्तनको माग हो, प्रणालीगत पुनर्संरचनाको हो । सानोतिनो सुधार र संस्था परिचालनबाट प्रणालीलाई राइट ट्र्याकिङ गर्न सकिँदैन । यसले समग्र सामाजिक आन्दालनको आवश्यकता देखाएको छ । कोफी अन्नानले भने झैँ सदाचार संस्कृतिका लागि धर्मयुद्ध नै गर्नुपर्ने आवश्यकता छ ।
नेपालको युवापुस्ता आफैँ मिलेनिएल्स, जेड वा अल्फाको बोलवालामा भए पनि मौन पुस्ताको चरित्रमा देखिएको छ । सामाजिक जागरणमा जानुुभन्दा सुरक्षित भविष्यका लागि अन्यत्रको यात्रामा पलायन हुने मनोविज्ञानमा छ । यो निकै खतरनाक प्रवृत्ति हो र यसले विगत पुस्तालाई, जिम्मेवारीमा रहेका सबैलाई मौन रूपमा खिज्याइरहेको छ, नैतिक अपराधी मुकरर गरिरहेको छ । यसर्थ बृहत् सामाजिक आन्दोलन अहिलेको आवश्यकता हो, जसले सामाजिक वंशाणु (सोसल जेनेटिक) बदल्न सकोस् । व्यापक नागरिक शिक्षा सामाजिक आन्दोलनको पहिलो अस्त्र हो तर यो मात्र पर्याप्त होइन, निर्वाचन प्रणाली, योग्यता प्रणाली, कार्यसम्पादन प्रणाली सबैमा क्षेत्रगत अस्त्र चाहिन्छ ।
केही मुलुकले अपनाएको रणनीति नेपालको सामाजिक आन्दोलनले लिन सक्छ । जस्तो कि मोरक्कोले प्राथमिक विद्यार्थीका लागि नैतिक शिक्षा सुरु ग¥यो । ब्राजिलले तिमीले तिरेको कर कहाँ जान्छ ? (होएर योर ट्याक्स गोज) को अभियान चलायो । कोलम्बियाले विश्वविद्यालय साझेदारीमा नैतिक शिक्षा दियो । इटालीले भ्रष्टाचारविरुद्धका नायक अभियान चलायो । जाम्बियाले भविष्यका नेतालाई शिक्षा अभियान चलायो । जापानले कार्टुनचित्र प्लानेट एटोन, टेक्सिङ ओमनबाट स्रोत चोरी गर्न नहुने शिक्षा दियो । छिमेकी मुलुक भारतमा सत्याग्रह, नायक, रङ् गदे वसन्ती, एन इनसिग्निेफिकेन्ट म्यान जस्ता चलचित्रमार्फत भ्रष्टाचारविरोधी अभियान जनस्तरमा पुु¥यायो । अहिले पनि दक्षिण भारतीय चलचित्रमा राजनीति र प्रहरी बेथितिको धज्जी उडाइन्छ ।
हाम्रा लागि अरूकै अभियान नक्कल गर्नुु पर्छ भन्न खोजिएको होइन तर यस्तै र योभन्दा मौलिक जागरण आवश्यक हुन्छ भन्न खोजिएको हो । किनकि विश्वेश्वरले भन्नुभए जस्तै पुुस्ताको उत्तराधिकारको सम्पत्ति राजनीतिज्ञहरूले नष्ट नगरून् । मण्डेलाले गरे जस्तै सार्वजनिक जिम्मेवारीमा बसेकाहरूले आफन्तलाई पनि स्वार्थबाट वञ्चित गर्न सकून् । यो आन्दोलनको सार युधिष्ठिरले भने जस्तै “आचरणले व्यक्ति भगवान् हो, सदाचार नै सार्वजनिक पदाधिकारीको धर्म हो” भन्ने हुनु पर्छ ।
लेखक पूर्वसचिव हुनुहुन्छ ।