• १ कात्तिक २०८२, शनिबार

सल्यानमा छ घण्टा विद्युत आपुर्ती बन्द हुने

blog

फाइल तस्बिर

शंकर केसी,

सल्यान, असोज ३१ गते । रुखका हाँगा हटाउने र बिद्युतीय संरचना मर्मतका लागि भन्दै सल्यानमा शनिबार बिद्युत सेवा बन्द गरिने भएको छ । नेपाल बिद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले शनिबार छ घण्टा विद्युत आपुर्ती बन्द हुने जनाएको हो । 

शितलपाटी सबस्टेशन र बागचौर सबस्टेशन सबै फिडरहरु बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म बिद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रले जनाएको छ ।

सल्यान वितरण केन्द्र अन्तर्गत तुलसीपुर देखि शितलपाटी र शितलपाटी देखि थारमारे ३३ के।भि। प्रशारण लाईन वरपर रहेका रुखका हागाहरु काट्नका लागि सो अवधिमा बिद्युत सेवा बन्द गरिने भएको हो । 

साथै त्रिवेणी, ५ सल्लेखोलामा ३३ के।भि। लाइन होचो भएकोले जोखिम न्यूनिकरण गर्न आवश्यक पोल थप गरी विद्युतीय संरचना मर्मत गर्नुपर्ने भएकाले पनि विद्युत आपूर्ती बन्द रहने भएको सल्यान बितरण केन्द्रका प्रमुख दिनेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा वा मौसम प्रतिकुल रहेमा सोही अनुसार लाईन सुचारु हुनेछ ।