उपप्रधान एवम् ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।
सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताउनुभएको छ।
पाटनस्थित विमानस्थलमा हवाई सेवा १० महिनादेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई सेवा १० महिनादेखि बन्द रहेको हो ।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं हुनुहुन्छ। यसअघि, दिउँसो १ बजे बैठक बोलाइएको बैठक स्थगित गरेर तीन घण्टा पछाडि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।
प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
सदरमुकाम चरीकोटस्थित रहेको उज्यालो भविष्य संस्थाको विशेष पहलमा सर्व माध्यमिक विद्यालयका दुई छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । दोलखा समाज अस्ट्रेलियाबाट प्राप्त विपन्न तथा जेहेन्दार छात्रावृत्ति भीमश्वर नगरपालिका–४ जिलुमा रहेको सो विद्यालयका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको दुधाधारी नमुना माध्यमिक विद्यालयले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने भएको छ । विद्यालयले ६५ औँ वार्षिकोत्सव मनाउँदै शिक्षासँगै रोजगारमूलक सीप प्रदान गर्ने जनाएको हो ।
युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलाइतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रुसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गर्नु भएको छ ।
ताप्लेजुङमा चार सुरक्षा अधिकारीसहित छ जना कार्यालय प्रमुखको एक साथ सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारीसहित जिल्लाबाट नेपाली सेनाका प्रमुख, प्रहरी प्रमुखलगायतको सरुवा भएको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज (बिहीबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
नेपाल विद्युत प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ ।
कोरोना महामारीसँगै बन्द रहेको किमाथाङका नाका आन्तरिक प्रयोजनका लागि खुलाई दिन सहजीकरणको माग गर्दै सीमावासीहरूले सरकारसँग माग गरेका छन् ।
माघको दिनमा घमाइलो घाममा मामा घरमा जाने हो योःमरी पो खाने हो ।
हाँसमा बसी लिएकी हुन्छिन् पुस्तक साथमा मधुर ध्वनि निकाल्ने वीणा छ अर्काे हातमा । वस्त्र छ सेतो पद्मासनमा चिटिक्क खुलेकी ज्ञानको रश्मि छरेर आफैँ विद्यामा झुलेकी ।।
भाइबहिनीहरू हो नमस्कार ! म तपाईंहरूसँग परिचित हुन चाहन्छु । तपाईंहरूले मलाई देख्नुभएको छ ? चिन्नुभएको छ ? मेरो नाम कतै सुन्नुभएको छ ? मलाई चिन्नु हुने र नहुने सबैको नजिक हुन चाहन्छु । म मौलिक परिकार हुँ । योःमरी हुँ । ढिक्री हुँ । बगिया हुँ । भक्का हुँ । म चामलको पिठोबाट बनेको हुन्छु र पानीको बाफले पाकेको हुन्छु