प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सांसदहरू अभौतिक (भर्चुअल) माध्यमबाट उपस्थित भए पनि संसद् बैठक बस्ने व्यवस्था गरेको छ । यस प्रकारको व्यवस्थाले संसद् भवनमा सांसदहरूको उपस्थिति नभए पनि बैठक बस्न सक्ने भएको हो तर त्यसरी बस्ने बैठक प्राकृतिक प्रकोप वा महामारीको अवस्थामा मात्रै बस्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन नै नगरी व्यवस्थाप्रति सबाल उठाउनु उचित नहुने बताउनुभएको छ। उहाँले संविधानले परिकल्पना गरेअनुसार ऐन, कानुन नै बन्न नसकेको अवस्थामा सङ्घीयता खर्चिलो र निष्प्रभावी भन्नु उचित नहुने तर्क गर्नुभयो।
नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ ।
महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ क्षेत्रमा तयारी तीव्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले यही फागुन ६ गते त्रयोदशीका दिन पर्ने महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठवटा उपसमिति गठन गरेर काम गरिरहेको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षक एवंं लोकतन्त्रको पहरेदार भएकाले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विगतको अभ्यासका आधारमा हेर्दा पनि मुलुकको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनुभयो।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताउनुभएको छ।
सर्वोच्च अदालत बार एसोसिएसनले अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै संवैधानिक परिषद्लाई पत्र पठाएको छ।
प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि चीनका राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारु र युरोपेली युनियन डेलिगेशनका राजदूत नोना डेप्रेजबीच आज भेटवार्ता भएको छ । मन्त्री मोदीसँग शिष्टाचार भेट गर्न राजदूत डेप्रेज सिंहदरवारस्थित मन्त्रालय पुग्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त हुनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनले क्षति गर्दा घाइते भएकाहरुको उद्धार, बसोबासको व्यवस्था तथा स्वास्थ्यउपचारको उचित व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताउनुभएको छ।
नेपाल आर्मी र लुम्बिनी प्रदेश पाँचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की सङ्घ र धनुषाको मिथिला नगरपालिकाको संयुक्त आयोजनामा नकटाझिजस्थित खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइन खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ७–० को भारी गोल अन्तरले हराउँदै नेपाल आर्मी फाइनमा प्रवेश गरेको हो ।
तनहुँको बन्दीपुर गाउँपालिका –५ याम्पा, कुमालटारी स्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फममा आगोलागी भएको हो ।