नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनीत हुनुभएको छ।
हामीले विभिन्न चाड/पर्वहरू बडो हर्सोल्लासका साथ मनाउँदै आएका छौँ । त्यसमध्ये माघे सङ्क्रान्ति पनि रमाइलो र मीठो खाने पर्वका रूपमा मनाउँदै आएका छौं । प्रत्येक वर्ष माघ १ गतेदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने गर्छ । यसै अवसरलाई माघे सङ्क्रान्ति वा माघीका रूपमा मनाउने चलन छ । सङ्क्रान्तिको अर्थ एक स्थानबाट अर्को स्थानमा सर्नु पनि हो । माघे सङ्क्रान्तिलाई तिलुवा सङ्क्रान्ति पनि भनिन्छ । उत्तरायणका समयमा दिनहरू लामा र रातहरू छोटा हुन्छन् । यो दिन आफन्तसँग मीठा फल, कन्दमूल खाएर मनाउने गरिन्छ ।
कालिकोटका अधिकांश सरकारी कार्यालयका प्रमुखहरू जिल्ला बाहिर छन् । अधिकांश कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि जिल्लामा सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् ।
नेपाली साहित्यमा विभिन्न विधामा कलम चलाउँदै आएकी कवयित्री राधा कार्कीको शाश्वत आकृति नामक कविता सङ्ग्रहमा शाश्वत आकृति, प्रतिरूप, मीठो संयोग, समयको कुइँनेटो, कान्छीको संवेदना, श्रमको सवाइलगायत विभिन्न शीर्षकका बाउन्नवटा कविता सङ्गृहीत छन् । यी सङ्गृहीत कविताहरूमध्येको एक कविता हो शाश्वत आकृति यही कविता नै यस कविता सङ्ग्रहको आवरण पृष्ठमा रहेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदैं हुनुहुन्छ ।
यात्रा– देशदेशावर भ्रमण गर्नु, जीवनको ध्येय उद्देश्य प्राप्तिका लागि गरिने यात्राहरू प्रत्यक्ष रूपले भौतिक यात्रामा पर्छन् भने भित्री आत्मिक शान्ति र अलौकिक जीवन दर्शनका लागि गरिने अध्यात्मिक यात्राले एकै मान्छेको यात्राहरू फरक फरक हुन सक्छन् । मान्छे सामाजिक प्राणी हो र समाज नै बाँच्ने आधार हो । यसै आधारलाई टेकेर भोगेका देखेका यावत् विषयवस्तुहरू उसले साहित्यमार्पmत अभिप्रेषण गर्दछ । यसै प्रक्रियामा कवि ध्रुवनारायण जोन्छेंले साहित्यिक यात्रा थालनी गरेका हुन् । कवि ध्रुवनारायण जोन्छें, गपली वडा नं. ४ भक्तपुरका स्थायी बासिन्दा हुन् । कवि मन भईकन सुुरुवातदेखि नै साहित्य सेवामा लाग्न नसक्नु उहाँको बाध्यता र विवशता थियो । अन्ततः दैनन्दिन्य गुजाराका समस्याबाट मुक्त भएपछि नयाँ पुराना रचनाहरूको सँगालो ‘जीवन एक ः
जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ । अधिकांश ट्र्याक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ ।
पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–३, जुल्पेटारका यम खाम्चा जन्मजात नै शारीरिक रूपमा अशक्त हुनुहुन्छ। उहाँ बोल्न तथा हातको सहाराले केही काम गर्न सक्नुहुन्न तर खुट्टाको सहयोगमा अन्य धेरै काम गर्दै आउनुभएको छ। साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चाको रहर पनि झमकजस्तै साहित्यकार बन्ने छ।
बागलुङमा पछिल्लो पाँच महिनाको अवधिमा सात जना कुष्ठरोगका बिरामी पहिचान भएका छन्। यो तथ्याङ्क अघिल्लो एक वर्षभित्र पहिचान भएका बिरामीको हाराहारी हो। अघिल्लो वर्ष नौ जना बिरामी पहिचान भएका थिए। चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म सात जना नयाँ बिरामी भेट्टिएका छन्। यो तथ्याङ्क निकै चिन्ताजनक रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो।
बाँकेको नेपालगञ्जमा अवस्थित पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरमा सुरु गरिएको महाआरतीले भारतीय र नेपालका धार्मिक पर्यटकलाई आकर्षित गर्न थालेको छ। गत साता आयोजना गरिएको वेस्टर्न ट्राभल मार्टका अवसरमा पहिलो पटक महाआरती सुरु गरिएको थियो। पहिलो पटकको महाआरतीमा सहभागी अधिकांश श्रद्धालु नेपालगञ्ज र सो वरिपरिका बासिन्दा थिए भने दोस्रो पटक जिल्लाबाहिरबाट समेत आएका छन्।
लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा कानुन बनाएको छ। प्रहरी सेवा गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखबाट स्वीकृत भएसँगै प्रदेशको आफ्नै प्रहरी सेवा कानुन बनेको हो। नेपालको संविधानको धारा २६८ को उपधारा २ बमोजिम संविधानको अनुसूची ६ मा उल्लेख गरिएको प्रदेशको अधिकारअन्तर्गत क्रम सङ्ख्या १ मा व्यवस्था भएबमोजिम प्रदेशमा प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारले प्रदेश प्रहरी कानुन बनाएको हो।
कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश विशेष सुरक्षा योजना निर्माण तयारी थालेको छ । कर्णाली प्रदेशमा हुने अपराध अनुसन्धान र नियन्त्रण, शान्तिसुरक्षाको प्रत्याभूति हुने गरी कर्णाली प्रदेश विशेष सुरक्षा योजना निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
हुम्ला जिल्लामा दैनिक जीवनमा प्रयोग गरिने परम्परागत सामग्री संरक्षणका लागि निर्माण गरिएको सङ्ग्रहालय भवन प्रयोगमै नआई जीर्ण बनेको छ । सङ्ग्रहालयमा राख्न गाउँगाउँबाट सङ्गृहीत सामग्रीसमेत त्यत्तिकै थुपारेर राखिएका छन् । पुरातात्त्विक महत्वका कतिपय सामग्री नस्टसमेत भइसकेका छन् ।
जिल्ला अदालत डोटीले दोषी ठहर गरेका १०४ जना फरार सूचीमा रहेका छन् । अदालतले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेको छ । यद्यपि प्रहरीले फरार दोषीलाई अझै पक्राउ गर्न सकेको छैन । निमित्त तहसिलदार लबबहादुर थापाका अनुसार अदालतले ३२ वर्षअघि फैसला सुनाएका व्यक्तिहरूसमेत फरार सूचीमा रहेका छन् । उहाँले भन्नुभयो, “हामीले फरार दोषीको सूची प्रहरीलाई पठाइसकेका छौँ । उनीहरू जुनसुकै बेला पनि समातिन सक्छन् ।”