• १५ चैत २०८०, बिहिबार

किमाथाङका नाका खुल्लाको माग गर्दै ज्ञापन पत्र

blog

परराष्ट्र मन्त्री विमला राई (पौडेल)सँग नाका खुल्ला गर्न सहजिकरणको माग सहितको ज्ञापनपत्र बुझाउनु हुँदै भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर भोटे । तस्बिरः गोरखापत्र

काठमाडौँ, माघ २६ गते । कोरोना महामारीसँगै बन्द रहेको किमाथाङका नाका आन्तरिक प्रयोजनका लागि खुलाई दिन सहजीकरणको माग गर्दै सीमावासीहरूले सरकारसँग माग गरेका छन् ।

सङ्खुवासभाको भोटखोला र चीनको सीमासँग जोडिएको उक्त नाका बन्द हुँदा सीमावासीले सास्ती खेप्नु परेको भन्दै नाका खुल्ला गर्न परराष्ट्र मन्त्री विमला राई (पौडेल)सँग माग गर्नुभएको छ । भोट खोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर भोटेसहितको टोलीले बुधवार मन्त्री राईलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।