• ११ मंसिर २०८१, मङ्गलबार

२१ नेपालीलाई विद्यावारिधि गराउने कोरियाली प्राध्यापक सम्मानित

blog

काठमाडौं, जेठ १४ गते ।  परराष्ट्र मन्त्री एनपी साउदले  दक्षिण कोरियाको जनबुक नेसनल युनिर्भसिटीका प्राध्यापक ह्याक योङ किमलाई सम्मानित गर्नुभएको छ । 

उहाँले नेपालका २१ जना विद्यार्थीलाई कोरियाबाट नानो टेक्नोलोजीमा विद्यावारिधि गराएर विशिष्टि योगदान पु¥याएकाले सम्मानित गरिएको हो । 

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री साउदले कोरियन दूतावासका प्रतिनिधिको उपस्थितिमा उहाँलाई सम्मानित गर्नुभएको जानकारी कोरियन युनिभर्सिटी अल्मोनाई एसोसिएसन नेपालका पूर्व अध्यक्ष प्राडा हेमराज पन्तले दिनुभयो । 

सो विश्वविद्यालयबाट अध्ययन गरेर नेपाल फर्केका एक सय ५० जना बढी नेपाली विद्यार्थीले यहाँका विभिन्न विश्वविद्यालय र अन्य क्षेत्रमा कार्य गर्दै आएका छन् । 

दक्ष जनशक्ति नेपालमै फर्केर योगदान पुर्‍याएको भन्दै मन्त्री साउदले उहाँहरूलाई बधाई अनि धन्यवादसमेत दिनुभयो । 

(यसअघि प्रकाशन गरिएको समाचारलाई पुनर्लेखन गरिएको छ : सम्पादक)