मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म भएको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अबको हाम्रो यात्रा प्रादेशिक संरचनाहरूको सुदृढीकरणमार्फत सुशासनतर्फ केन्द्रित हुन आवश्यक भएको बताउनुभएको हो ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव समावेशिताको सुनिश्चितता गणतन्त्रको उपलब्धि मान्नुहुन्छ।आवश्यकता अनुसार गणतन्त्रलाई सुधार गर्दै लान सकिने भन्दै उहाँ गणतन्त्र घोषणा आफ्नो निम्ति सुखद् पक्ष रहेको सुनाउनुहुन्छ।
नेकपा (एमाले) ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई सम्मानित गरेको छ । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।
झापाकी उदीयमान छन्द कवि मोक्ष खतिवडाको दोस्रो कृति भावविम्ब कविता सङ्ग्रह लोकार्पण भएको छ ।
सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार लगानी बोर्डको ५४औं बैठक सम्पन्न भएको छ ।
खोटाङमा लम्पीस्किन रोगको महामारी नियन्त्रण बाहिर गएको छ । जिल्लाका १० वटै पालिकामा देखापरेको लम्पीस्किन रोगले हालसम्म ६० बढी गाईगोरुको मृत्यु भएको हो ।
गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त हुनुभएको छ ।
अभिनेत्री बिपना थापाले ‘युग नायिका’ को उपाधि पाउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उहाँलाई यो उपाधि दिइएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ रजैयास्थित सडकखण्डमा बसमा सवार एक व्यक्तिले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले हात चुँडाएपछि मृत्युभएको छ । उहाँको २४ घण्टापछि आइतबार पहिचान खुलेको छ ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत पर्वत खण्डको भौतिक प्रगति ६५ प्रतिशत भएको छ ।
नेपालले उज्बेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।
क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरण सुविधाको सातौँ सभा तथा सम्बन्धित बैठकमा नेपालबाट अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने भएको छ ।
फिल्म 'बहाव' ले थाइल्याण्ड भ्रमण अफरको विजेता घोषणा गरेको छ । बुटवल बस्दै आउनुभएकी विद्या न्यौपानेले थाइल्याण्ड घुम्ने अवसर पाउनुभएको हो ।
बाँकेको नेपालगञ्जस्थित धम्बोझी माध्यमिक विद्यालयमा अध्ययनका लागि विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाउनु पर्छ । विद्यार्थीको चाप थेग्न नसकेपछि यसवर्षको विद्यार्थी भर्ना कार्यक्रम बन्द गरिएको प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिनुभयो ।