शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, जेठ १४ गते । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त हुनुभएको छ ।
जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं कीर्तिपुर नगरपालिका -७ इटागोल निवासी महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
४३ वर्षीय महर्जनले करिब १६ वर्षदेखि गोरखापत्रमा रहेर रिपोर्टिङ तथा सम्पादन कार्य गर्दै आउनुभएको छ । उहाँ प्रेस सेन्टर, नेपालको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा एमफिल गर्नु भएको छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                