• १२ वैशाख २०८१, बुधबार

'बहाव'को थाइल्याण्ड भ्रमण अफरको विजेता घोषणा

blog

काठमाडौं, जेठ १२ गते । फिल्म 'बहाव' ले थाइल्याण्ड भ्रमण अफरको विजेता घोषणा गरेको छ । बुटवल बस्दै आउनुभएकी विद्या न्यौपानेले थाइल्याण्ड घुम्ने अवसर पाउनुभएको हो ।

यो फिल्म गत चैत २४ गतेदेखि रिलिज भएको थियो।

शुक्रबार एक कार्यक्रमबीच फिल्मकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गर्नुभएको हो । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरूप पाउनुभएको छ ।

यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव फिल्मको टिकट खल्ती एप मार्फत काट्नुपर्ने र खल्ती एपबाट फिल्मको टिकट काटेर फिल्म हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेजको घोषणा गरेको थियो।

फिल्मले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्ने जनाएको छ। विजेताले विशेष परिस्थितिमा यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछन्।

यो टुर प्याकेज घोषणा भएको मितिदेखि तीन महिनासम्म मात्र मान्य हुनेछ।

श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ। फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ।