• १६ चैत २०८०, शुक्रबार

अभिनेत्री बिपना थापालाई 'युग नायिका' उपाधि

blog

काठमाडौं, जेठ १२ गते । अभिनेत्री बिपना थापाले ‘युग नायिका’ को उपाधि पाउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उहाँलाई यो उपाधि दिइएको हो । 

कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नृत्य निर्देशक कमल राई र छायांकार राजु केसी लगायतले बिपनालाई उपाधि प्रदान गर्नुभएको हो । 

'जन्मभूमि' बाट फिल्म अभिनयमा भित्रिएकी बिपनालाई धेरै फिल्ममा देख्न सकिन्छ । विवाहपछि भारतमा बस्दै आउनुभएकी बिपना सम्मानका लिनकै भनेर बिहीबार नेपाल आउनुभएको थियो ।