• १५ वैशाख २०८१, शनिबार

फिल्म 'देव वाणी'को छायाङ्कन सुरु

blog

काठमाडौं, जेठ १२ गते । फिल्म 'देव वाणी'को छायाङ्कन सुरु भएको छ । फिल्मको छायाङ्कन बाराको सिमराबाट सुरु भएको हो । 

छायाङ्कन फिल्मको क्लाइमेक्स दृश्यबाट गरिएको छ । क्लाइमेक्स निर्देशक द्वन्द्व निर्देशन श्री श्रेष्ठले गर्नुभएको छ । बाबु साहेब बलामीले निर्देशन रहने फिल्ममा सुनिल थापा, कुन्दन भारद्वाज, रवीन्द्र झा, मौसम पौडेल र अनुजा लेप्चा लगायतको मुख्य अभिनय रहनेछ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको 'देव वाणी' सिमरापछि वीरगन्ज, इटहरी र काठमाडौँमा छायाङ्कन हुनेछ । नेपाली र हिन्दी गरी दुई भाषामा बन्न लागेको फिल्ममा ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणीको पनि अभिनय देख्न सकिनेछ ।हरिबहादुर घलेको छायाङ्कन, बन्देप्रसादको सम्पादन रहने फिल्मको निर्माता मिना खड्का र हिराबहादुर लेप्चा हुनुहुन्छ ।