नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष पूरा भएको छ। जनप्रतिनिधिबाट संविधान बन्नु र वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गरेर जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत बनाउनु गणतन्त्रको मूलभूत विशेषता हो।
गणतन्त्र दिवसका अवसरमा आमनेपाली दाजुभाई तथा दिदीबहिनीप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । हिजो गणतन्त्र विरोधी एकात्मक एकीकृत सामन्ती राज्यका पक्षधरले त्यसखालको केही प्रयास गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले १६ औ गणतन्त्र दिवस सोमबार धनगढीमा भव्यताका साथ मनाएको छ । प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले परिवर्तनले जनताको जीवनस्तर सुधार हुनुपर्ने बताउनुभयो ।
श्रीलङ्काका साप्ताहिक रूपमा प्रदान गर्दै आएको इन्धन कोटा बढाउने भएको छ । ऊर्जा मन्त्री कञ्चना विजेसेकराले बढेको नयाँ इन्धन कोटा मे ३० मध्यरातबाट उपलब्ध हुने बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले जेठ १६ गते नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ।
मुगुको रारामा तेस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा जेठ २० गते म्याराथन हुने गुल्मले जनाएको छ ।
राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ।बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना पारित गरेको छ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसोबाट बैठक सुरु भएको हो ।
४१ वर्ष पुगेका अशक्त छोरा घरमा राखेर दैनिक रूपमा उनकै हेरचाह गर्नु सरदेवीको दैनिकी हो । २०३९ साउन १७ गते दोस्रो सन्तानका रूपमा जन्मिएका भविन्द्रको जन्मदै कम्मरमुनीको भाग कमजोर थियो ।
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार राति १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताउनुभएको छ ।
नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ ।
साँढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुनसकेको छैन । विसं २०७३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइ हालसम्म पाँच पटक म्याद थप्दा पनि उक्त सडक कालोपत्र हुन सकेको छैन ।
गणतन्त्र दिवसको अवसरमा कपिलवस्तु कारागारबाट १० जना कैदीबन्दी रिहा गरिएको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गरिब तथा विपन्न घर परिवारलाई कुखुराको खोर वितरण गरिएको छ । ग्रामीण क्षेत्रका विपन्न किसानहरुकोे आयआर्जनमा टेवा दिने उद्देश्यले मध्यविन्दु नगरपालिका –१ स्थित नवज्योति कृषक समूहका विपन्न २० घर परिवारलाई खोर वितरण गरिएको वडा अध्यक्ष तिलकराम न्यौपानेले जानकारी दिनुभयो ।