तनहुँका सबै पालिकामामा गाई, भैँसीमा देखिएको ‘लम्पी स्किन’ रोग महामारीका रूपमा फैलिएको छ। कैयौँ चौपाया यसै रोगले गर्दा मरेका छन्। दुई हप्ता अघिदेखि रोग फैलिएर गाई, भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन्। समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाई, भैँसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीका रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ। केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले महामारीले गर्दा छोटो अवधिमै जिल्लाभर ४३ गाई, भैँसी मरेको र ६४८ गाई, भैँसीमा रोग फैलिसकेको जानकारी दिनुभयो।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले योजना र कार्यक्रम तयारीका लागि नागरिकबाट सुझाव सङ्कलन गरेको छ। पालिकाले कृषि र पर्यटनलाई बजेटको विशेष प्राथमिकतामा राख्ने योजना बनाएको छ। नगरपालिकाका प्रमुख लालवीर भण्डारीका अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजनको पूर्वतयारीस्वरूप नागरिकसँग सुझाव सङ्कलन गरिएको हो। सबै वडा पुगेर बस्तीस्तरको योजना छनोट सम्पन्न गरिएको छ। सुझावकै आधारमा जनताको आयआर्जनसँग प्रत्यक्ष जोडिएका सवाललाई प्राथमिकतामा राखेर योजना बनाउन लागिएको प्रमुख भण्डारीले बताउनुभयो।
जेठ महिनाको चर्को घाम र अत्यधिक गर्मीले बाँके राष्ट्रिय निकुञ्जभित्रका अधिकांश प्राकृतिक पोखरीहरू सुकिसकेका छन् ।
मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ। २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो। वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजना निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको उक्त आयोजना बजेट अभावका कारण अलपत्र थियो। वडा कार्यालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयसँग समन्वय गरेर बजेट प्राप्त गरेपछि अलपत्र आयोजना सम्पन्न गरिएको जनाइएको छ।
सुदूरपश्चिम प्रदेशको विकास निर्माणका लागि महत्त्वपूर्ण मानिएका विभिन्न आयोजनाका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ। यस क्षेत्रको विकासको मेरुदण्ड ठानिएको दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण, उत्तर–दक्षिण सडकमार्ग निर्माण, गेटा मेडिकल कलेज सञ्चालन, क्रिकेट मैदान निर्माण, गेटा विमानस्थल विस्तारको योजनालाई बजेटले प्राथमितामा दिएको छ।
बैतडीको सतबाँझको चिनारीका रूपमा रहेको गोल्डेन डेलिसियस जातको स्याउ पुनः फल्न थालेका छन्। छ हजार बोटमध्ये १५० बोटमा यो वर्ष लटरम्मै स्याउका दाना देखा परेका छन्। २०१९ सालमा २९ हेक्टर क्षेत्रफलमा छ हजार स्याउका बोट लगाएर सतबाँझ बागवानी स्थापना भएको हो। एक दशकयता सतबाँझमा हिउँ पर्न छाडेपछि गोल्डेन डेलिसियस जातको स्याउ हराउँदै जान थालेको छ।
विगत सम्झिएर हेर्दा धेरैलाई रमाइलो लाग्छ । सुखको क्षणभन्दा निजी दुःखको विगत सम्झनामा धेरै बस्छ । यस्तै विगतले बढी रोमाञ्च अर्थात् विजयकै अनुभूति दिन्छ । हिम्मतको साथ कठिनाइ पार गरेको सम्झनाले वर्तमानलाई उत्साहित बनाउने रहेछ । त्यतिबेला कहर काट्न कम पीडा हुँदैनथ्यो । जीवनमा केही त्यस्ता पनि घटना हुन्छन्, जसले स्मृतिमा घोचिरहन्छन् ।
गोरुगाढा तराई मधेशको एउटा चिनारी हो तर पछिल्लो समय यहाँ गोरुगाडा देख्नै मुस्किल पर्न थालेको छ। गोरु पाल्ने चलन नै हराएपछि गोरुगाडा पनि लोप हुँदै गएका हुन्। अहिले मधेशका गाउँमा पस्दा कतै कतै आक्कलझुक्कल मात्रै गोरुगाडा देखिन्छ।
खिजिदेम्बा गाउँपालिकाले भूवर्गीकरण गरेको छ। भूउपयोग नीति निर्माण गरेर पालिकाको जग्गा वर्गीकरण गरिएको हो। गाउँपालिकाले बनाएको भूउपयोग नीति अनुसार जग्गालाई सात प्रकारमा वर्गीकरण गरी कार्यपालिकाबाट पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले बताउनुभयो। आवासीय क्षेत्र, कृषि क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी खोला तथा ताल सिमसार क्षेत्रलगायतका आधारमा वर्गीकरण गरिएको उहाँको भनाइ छ।
साइपाल गाउँपालिका –४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुनुहुन्छ ।
बागलुङका अधिकांश गाउँ मोटरबाटोले जोडिएका छन् । हिउँदमा ती बाटोमा गाडी गुड्ने गरे पनि बर्खामा सुनसान हुन्छन् ।
चालु आर्थिक वर्ष २०७९/८० मा विश्व अर्थतन्त्रमै समस्या पर्दा नेपाल पनि त्यसबाट अपवाद हुन सकेन। खास गरी रुसले युव्रmेनमाथि गरेको हमलासँगै अघिल्लो वर्षबाटै विश्व अर्थतन्त्रको आपूर्ति शृङ्खला अवरुद्ध भयो। इन्धनको विश्वव्यापी भाउ बढ्यो। त्यसले लगानीमा प्रतिकूल असर पा-यो भने विश्वभर महँगी बढायो। त्यो विश्वव्यापी असरले नेपालको आर्थिक व्रिmयाकलापमा समेत छाया पा¥यो। समग्र अर्थतन्त्रमा नै सङ्कुचन भयो भने त्यसले मूल रूपमा सरकारी राजस्वमा
र अझ त्यसमा उनको रातो बिकीनी । पानीमा तैरिरहेको उनको गोरो शरीरमा निकै आकर्षक ढङ्गले सजिएको छ रातो बिकिनी । त्यसो त हामी पनि पोखरीमा नै छौँ– आधा शरीर डुबाएर बसेको । उनी पोखरीको पेटीमा बस्छिन् र घुँडाभन्दा मुनिको भाग पानीमा डुबाउँछिन् । मलाई पनि त्यसै गर्न मन लाग्छ । तर गर्दिनँ । उनकै छेउमा पानीमा डुबेर उभिन्छु ।
कुनै पनि शासन व्यवस्थाका आ–आफ्नै किसिमका शासकीय गुण र दोष हुन्छन्। शासकीय व्यवस्थाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई हेर्ने दृष्टिकोणको दायरा फराकिलो बनाउन सक्नु पर्छ। देश र जनताप्रति समर्पित भएर मुलुकको विशेषतामा आधारित आर्थिक प्रगतिका विशिष्ट माध्यमको अध्ययन गरी कार्यान्वयन गरेर उत्कृष्ट समृद्धिको मोडेल विकास गर्नु पर्छ। त्यसरी आफ्नै मौलिक विशेषतामा विकास गरिएको मोडेललाई कार्यान्वयन गरी त्यस क्षेत्रमा देखिएका कमीकमजोरी निरन्तर हटाउँदै परिष्कृत मोडेल बनाई आर्थिक समृद्धि हासिल गर्न सक्नु पर्छ।