गणतन्त्र दिवसको अवसर पारेर नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमाध्यमिक विद्यालय स्तरीय लोक गीत प्रतियोगिता सम्पन्न भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाइ समितिलाई आग्रह गर्नुभएको छ ।
विदेशबाट ल्याइएका आइफोन र एक लाख माथिका मोबाइल फोनमा १० हजार रुपियाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ ।
संवैधानिक परिषदबाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त शहीदगेट भत्काइएको हो ।
जेठ ५ गतेदेखि बन्द गरिएको मेलम्ची खानेपानी सोमबार बेलुकी देखि काठमाडौं उपत्यका तर्फ छाडिएको छ । सुरुङमा पथान्तरण गरिएको पानी बिहीबार देखि वितरण सुरु गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबी गर्नुभएको छ ।
बालबालिकालाई पीर पर्ने वा आघात पुग्ने खालका नकारात्मक व्यवहार वा क्रियाकलापलाई बाल दुर्व्यवहार भनिन्छ । बाल दुर्व्यवहारअन्तर्गत भावनात्मक, शारीरिक र यौन दुर्व्यवहार पर्दछन् । बहकाउमा वा दबाबमा पारेर आफ्नो स्वार्थका लागि प्रयोग गर्नु, भावनात्मक आवश्यकतालाई बेवास्ता गर्नु चित्त दुख्ने गरी गाली गर्नु, आत्मविश्वास तोड्नुलाई भावनात्मक दुव्र्यवहार भनिन्छ भने आफ्नो रिस पोख्न वा अन्य बहानामा पिट्नु शारीरिक, मानसिक र शैक्षिक विकासमा असर पर्ने गरी काममा लगाउनु, गह्रौँ भारी बोकाउनु, विद्यालयमा शिक्षकले सजाय दिनु, कुलतमा लगाउनु, मनोरञ्जनको साधनका रूपमा प्रयोग गर्नु शारीरिक दुव्र्यवहार हो ।
गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा ललितकला क्षेत्रका विभिन्न कलाकार र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
भाइबहिनीहरू हामी सबै विद्यालय जान्छौँ अनि पढ्छौँ तर हामी पढने कक्षाकोठा कस्तो हुनुपर्छ ? भन्नेबारे हामीले कहिल्यै ख्याल गरेका हुँदैनौँ । सानो उमेरका बालबालिकालाई पढ्नका लािग झन् धेरै अनुकूल वातावरण आवश्यक हुन्छ । साना साना बालबालिकालाई जस्तो सिकायो उस्तै सिक्ने हो । त्यसैले भाइबहिनीहरू हामीले जेठ अङ्कको मुनामा बालबालिकाको सिकाइमा अभिवृद्धि गर्न मङ्गला गाउँपालिकाले गरेको केही राम्रो र उदाहरणीय कामको चर्चा गर्ने छौँ है त ।
“हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारुको । उमेरले ५६ वर्ष लाग्नुभएका उहाँले भन्नुभयो, “पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्यास्रो लाग्थ्यो । तर अहिले हाम्रो पनि वन हराभरा छ ।
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । समितिका जेठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो ।