बेनी नगरपालिका –१ रत्नेचौरको भुवानेमा तीन वर्षअघि पुग्दा दुहुना भैँसी र गाईले गोठ भरिभराउ थियो । एक वर्ष यता गोठ रित्तो छ । करिब दुई करोड रुपियाँ लगानी गरेर भैंसीपालन व्यवसाय गर्नुभएका बागलुङ नगरपालिकाका सुनिल श्रेष्ठको गोठ पनि रित्तो छ ।
सरकारले २० वटा सरकारी संस्थालाई खारेज गर्ने निर्णय गरेको छ ।
सरकारले चालु आवमा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान रहेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी विस्तार गरी उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर बढाउने, आर्थिक तथा सामाजिक पूर्वाधार निर्माण गरी उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड दिइएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७८०/८१ को बजेट सार्वजनिक गर्नुहुँदै स्रोत छर्ने प्रवृत्तिमा रोक लगाएको बताउनुभएको छ ।
सरकारले आगामी आबका लागि वैदेशिक सहायतातर्फ ३८ अर्ब ४६ करोड रुपियाँ अनुदान र ऋण १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेका छन् । कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको हो ।
राष्ट्रिय गणतन्त्र दिवस २०८० को अवसरमा सोमबार उदयपुरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जसअनुसार त्रियुगा नगरपालिकाले जिल्ला अस्पतालमा रहेका करिब एकसय जना बिरामीलाई फलफूल वितरण गरेको छ ।
चालु आर्थिक वर्षमा राजस्व सङ्कलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ हुने अनुमान सार्वजनिक गर्नुभएको छ ।
जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा सोमबारबाट महेन्द्रनारायण निधि राष्ट्रिय टी—२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमबीच पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले ब्याटिङ गरेर उद्घाटन गर्नुभयो ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट स्वीकृत गरेको छ । सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।
लुम्बिनी प्रदेशले गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गरी १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहनुभएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि विभिन्न जोड र कोणबाट भइरहेको आक्रमणलाई निस्तेज पार्नुपर्नेमा जोड दिनुभएको छ ।