सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ स्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खानेपानी र सञ्चार सेवाको सुविधा नहुँदा पदयात्रामा पुगेका पर्यटकलाई समस्या हुने गरेको छ। हिमाल आरोहणका लागि आधार शिविरमा बसेका आरोही र पदयात्राका लागि पुगेका पर्यटकलाई खानेपानीको सुविधा र सञ्चार सेवा नहुँदा समस्या भएको मौरिस हर्जोग टे«क व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताउनुभयो। सञ्चार स्विधा नहुँदा
१. विसं २०८० जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? रु. १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट : सङ्क्षिप्त झलक कुल बजेट : १७ खर्ब ५१ अर्ब ३१ करोड
फोहोरमैला व्यवस्थापनमा नागरिकको भूमिका १. फोहोरमैला व्यवस्थापनमा नागरिकको भूमिका उल्लेख गर्दै नागरिकको भूमिका प्रभावकारी बनाउने उपायहरूसमेत उल्लेख गर्नुहोस् । फोहोरमैलाको न्यून उत्पादन, पुनः प्रयोग, पुनः चक्रण एवं उचित विसर्जनको माध्यमबाट ठोस फोहोरमैलालाई व्यवस्थित गर्दै वातावरण र मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावहरू न्यूनीकरण गर्ने कार्य नै फोहोरमैला व्यवस्थापन हो । फोहोरमैला व्यवस्थापनमा नागरिकको भूमिका निम्नानुसार रहन्छ :
म्याग्दीको रघुगङ्गा गाउँपालिका –४, दग्नाममा परम्परागत रुपमा प्रकृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको अवसरमा आयोजित लिङ्गो जुधाउने प्रतियोगितामा दुवै गाउँ बराबरी भएका छन् ।
सङ्घीय सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को बजेटमा मधेश प्रदेशका धेरैजसो विषयवस्तु समावेश भएको बुद्धिजीवीहरूको प्रतिक्रिया छ। कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ‘उत्पादन साथमा र अनुदान हातमा’ भन्ने नाराकासाथ किसानलाई उत्पादनको आधारमा दिने अनुदानले मधेश
सिद्धिचरण नगरपालिका, ओखलढुङ्गाको तथ्याङ्क अनुसार मातृ तथा नवजात शिशु मुत्युदर शून्य रहेको छ। मातृ तथा नवजात शिशुको अकालमै मृत्यु हुन नदिन नगरपालिकाले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेको छ।
आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेटप्रति बाँकेका उद्योगी व्यवसायीले सकारात्मक प्रतिक्रिया दिँदै कार्यान्वयनमा चुनौती र शङ्का व्यक्त गरेका छन् । जिल्लाका अधिकांश उद्योगी व्यवसायीले आर्थिक सङ्कटको समयमा आएको यो बजेटले कागजमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको देखिए पनि कार्यान्वयन निकै चुनौतीपूर्ण रहेकाले कार्यान्वयनमा शङ्का व्यक्त गरेका हुन् ।
डराउनु नराम्रो कुरा होइन, किनकि डरले मान्छेलाई धेरै कुरा सिकाउँछ । हलिउड चलचित्र ‘फास्ट एक्स’ का नायक भिन डिजेलले आफ्नो किशोर छोरालाई जीवनको यो पाठ सिकाउँदै छन्, जुन पाठ छिट्टै आफ्ना लागि पनि काम लाग्ने छ भन्ने उनलाई थाहा थिएन । हलिउडको सुपरहिट फ्रेन्चाइज ‘फास्ट एन्ड फ्युरियस’ दमदार एक्सन दृश्यका लागि प्रसिद्ध छ ।
अभिनेता दयाहाङ राईले आफूलाई मनपर्ने चलचित्र ‘नीरफूल’ रहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले आफूले अभिनय गरेको र हलमा सफल रूपमा चलिरहेको ‘जारी’ जस्तै गरी ‘नीरफूल’ पनि मन परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो चलचित्र खिच्न गणेश हिमालमुनिको रुवी भ्यालीमा हामी धेरै मुस्किलले पुगेका थियौँ । मेहनत पनि राम्रै गरेका छौँ । मैले अभिनय गरेको राम्रा चलचित्रमध्ये यो पनि एक हुने छ ।”
नेपाल चम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतीपूर्ण रहेको जनाएको छ । आव २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्ब ५१ अर्व ३१ करोड रुपियाँको बजेटको स्रोत सुनिश्चितता र आर्थिक वृद्धिको लक्ष्य प्राप्ति चुनौतीपूर्ण र महत्त्वाकाङ्क्षी रहेको जनाएको छ ।
हेलम्बुको भे्रमाथाङ पहाड सोरिएर आएको मेलम्ची बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको बाँध, अडिट सुरुङ, हेडवक्र्स, पुल, प्रवेश मार्ग र अन्य भौतिक संरचना पुनर्निर्माण वा मर्मतका काम अघि बढ्न सकेको छैन। बाढीले क्षति पु-याएको अम्बाथानस्थित खानेपानी आयोजनाको भौतिक संरचनाको काम नहुँदा काठमाडौँ उपत्यकामा पानी लैजान अवरोध सिर्जना हुने देखिएको छ। दुई वर्षअघि असार १ गते यहाँ पहिरो आएको थियो। वर्षामा राजधानीमा पानी लैजान समस्या हुने भएको हो।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौलीदेखि छ किलोमिटर दूरीमा रहेको विश्व रामसार सूचीमा सूचीकृत सिमसारको अपूर्व नमुना हो बिसहजारी ताल। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो क्षेत्र ताल, सिमसार क्षेत्र र सालको घनाजङ्गलबिच पाँच हजार ७८१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।
चालु आर्थिक वर्षमा सुरु गर्ने भनिएको र सम्पन्न गर्ने भनिएका योजनासमेत आगामी आर्थिक वर्षको बजेटमा समेटिएका छन्। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा सोमबार प्रस्तुत गर्नुभएको आव २०८०/८१ बजेटमा चालु आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्ने भनिएका अधिकांश योजनाले निरन्तरता पाएका हुन्।
वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ ।