चालु आर्थिक वर्षमा यहाँका कृषकले सुन्तला बिक्रीबाट तनहुँमा २६ करोड आम्दानी भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका ब्लक र बगैँचामा उत्पादन भएको सुन्तला विक्रीबाट सो रकम आम्दानी गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । तनहुँको कृषकको सुन्तला खेतीबाट आय स्तर परिवर्तन भएको छ ।
स्थानीय तहमा गठित न्यायिक समितिप्रति नागरिकको विश्वास बढ्दै गएको पाइएको छ । कर्णालीका सातवटा जिल्लाका पालिकामा गरिएको एक अध्ययनले यस्तो देखाएको छ । संस्थागत सुुधारमार्फत न्यायमा पहँच अभिवृद्धि परियोजनाले न्याय सम्पादन प्रभावकारिताका विषयमा पालिकामा अध्ययन गरेको हो । सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम, मुगु, डोल्पा र सल्यानका गरी ३० वटा स्थानीय तहमा उक्त अध्ययन गरिएको जनाइएको छ ।
रानाथारू समुदायको होरी पर्व सुरु भएको छ। माघ पूर्णिमाका दिन आइतबार राति होलिकाको पूजाअर्चनापछि होरी पर्व सुरु हुन्छ। रानाथारू समुदायका मानिसले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्छन्। रानाथारू समुदायसम्बन्धी जानकार नारायण रानाका अनुसार माघ पूर्णिमाको दिन आकाशमा पूर्णिमा देखिएपछि सार्वजनिक स्थानमा होलिकाको प्रतिमा स्थापना गरेर पूजा हुने गरेको छ। गाउँका भर्रा (गुरुवा)ले भलमन्सा, गाउँका युवा, बुद्धिजीवीलगायतको उपस्थितिमा होलिकाको पूजाआजा गर्ने गर्छन्। पूजाआजापछि होरीको गीत गाउँदै केहीबेर होरी खेलिन्छ। त्यसै बेलाबाट जिन्दा होरी सुरु हुने गर्छ।
सर्लाहीको बरहथवा नगरपालिका–११ मा दुई महिनापछि आइतबार रातिबाट बिजुली बत्ती नियमित भएको छ । ग्रामीण विद्युतीकरणअन्तर्गत विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले बक्यौता रकम बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रले गत मङ्सिर २७ गतेदेखि उक्त गाउँमा बत्ती काटेको थियो। प्राधिकरणले लाइन काटेदेखि त्यस वडाको हीरापुर, हीरापुर ब्यारेज र खोरकट्टी गाउँका बासिन्दा दुई महिनादेखि अन्धकारमा बसिरहेका थिए।
सप्तरीका इँटा व्यवसायीले उचित मूल्य र बजार नपाउँदा मार परेको छ। बढ्दो बजार भाउले इँटाको उत्पादन लागत बढ्दै गएको छ भने इँटाको बिक्री भाउ यथावत् रहेकोले व्यवसायी केही वर्षदेखि घाटा बेहोर्दै आएका छन्। इँटा पकाउन प्रयोग हुने कोइला चार वर्षअगाडि प्रतिकिलो २४ रुपियाँमा पाइन्थ्यो। कोरोनापछि दोब्बर भएर ४४ रुपियाँ प्रतिकिलोमा किन्नुप-यो। अहिले कोइला प्रतिकिलो ४६/४८ रुपियाँको दरमा किन्नुपर्ने विष्णुपुर गाउँपालिका–१, बीडीआर इँटा भट्टाका सञ्चालक राजु साहले बताउनुभयो। उहाँले भन्नुभयो, “श्रमिक पनि महँगो भयो, पेट्रोलियम पदार्थ डिजेल महँगो भएकोले उत्पादन लागत पाँच गुणाले बढेको छ।
बाजुराबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा तीन हजार ३६४ विद्यार्थी सहभागी हुँदै छन्। परीक्षाका लागि आवश्यक हाजिरी पु-याएका नियमिततर्फ तीन हजार ८९, ग्रेड वृद्धिमा १५० र प्राविधिक धारका १२५ विद्यार्थी परीक्षा दिँदै छन्। परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत हाजिरी हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहका अनुसार, बाजुराका तीनवटा विद्यालयमध्ये भानोदय माविमा पुश विज्ञान, दशरथ र कीर्तिचौर माविमा बाली विज्ञान विषयको पठनपाठन भइरहेको छ। बाजुराका तीनवटा माध्यमिक विद्यालयले मात्र कक्षा ९ र १० मा प्राविधिक कक्षा सञ्चालन पनि गर्दा प्राविधिकतर्फ विद्यार्थीको सङ्ख्या न्यून रहेको बताउनुभयो।
मधेश प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र)का दुई मन्त्री सहभागी हुने भएका छन् ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको स्तरोन्नति कार्य सुस्त रहेको छ। कैलालीमा काम भइरहेको सातवटै प्याकेजको म्याद एक वर्षका लागि थप गरिए पनि निर्माण कार्यले गति लिएको छैन। यसअघि तोकिएको समयावधिमा न्यून भौतिक प्रगति गरेका निर्माण कम्पनीले अब २०८० भित्रै हुलाकी राजमार्ग स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्नेछ। यद्यपि अहिलेसम्मको काम गराइको अवस्था हेर्दा थप गरिएको समयमा पनि निर्माण कम्पनीले काम पूरा गर्न सक्ने अवस्था देखिन्न।
नारीप्रधान चलचित्र ‘बुलाकी’ नयाँ वर्ष अर्थात् वैशाख १ गते प्रदर्शन हुने भएको छ। लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक सञ्जालमार्फत चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गर्नुभएको हो।
पत्रकार तथा समाजसेवी कमलराज खम्बू ‘आने’को स्मृतिग्रन्थ सार्वजनिक भएको छ। ओखलढुङ्गा मानेभन्ज्याङ रिनुवालका कमलराजको ४६ वर्षको अल्पायुमै हृदयाघातबाट निधन भएको थियो।
पोखरामा सुरु भएको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव शनिबार सम्पन्न भएको छ। ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ महोत्सवको आयोजना गरिएको थियो। महोत्सवको अन्तिम दिन अतिथि नाटकअन्तर्गत नाटक ‘धुमधामको घुमघाम’ मञ्चन गरिएको थियो। आकाङ्क्षा कार्कीले निर्देशन गर्नुभएको नाटकमा अकाश नेपाली, अशिष काफ्ले ऋषिकेश बस्याल, कविराज राई, गणेशप्रसाद पौडेल, विनिता लामा गुरुङ, मारुती सापकोटा, नवीनचन्द्र अर्याल, निसान खत्री, बास्ना तिमिल्सिना, सरिता कठायत र सुरज मल्लले अभिनय गरेका छन् ।
नागरिकको जीवन सहज बनाउनु राज्यको मूल दायित्व हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले देशभित्र अनेक समस्या सिर्जना भएका छन्। खास गरी अर्थतन्त्र समस्याग्रस्त छ। अनेक कारणले सिर्जित समस्याको समाधान नै अहिलेको राष्ट्रिय प्राथमिकता हो र हुनुपर्छ। अनेक समस्याकै कारण नेपाली जनताले हरेकजस्तो क्षेत्रमा विभिन्न सास्ती तथा कठिनाइ भोग्नु परिरहेको अवस्था कसैबाट लुकेको छैन। इमानदार प्रयासबाट समाधान हुने यी समस्याका सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलबीच राष्ट्रिय सहमतिको कुनै विकल्प देखिँदैन। छिमेकी राष्ट्रलगायत बाहिरी संसार विकास एवं समृद्धिका दृष्टिबाट निकै अगाडि बढिसकेको यथार्थ हामीसामु छ। मुलुक तथा जनताप्रतिको प्रतिबद्धताकै फलस्वरूप उनीहरू यस्तो अवस्थामा आइपुगेको तथ्यमा कुनै शङ्का छैन।
२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि नेपालीमा लोकतन्त्रका बारेमा खुला रूपमा बहस हुन थालेको हो। २००७ सालदेखि थाती रहेको संविधान सभाको चर्चाले पनि उक्त परिवर्तनपछि नेपाली राजनीतिमा प्रवेश पायो। खासगरी आरम्भमा नेकपा माओवादीले सङ्घीयतासहित गणतन्त्रको माग राखी गरेको जनआन्दोलनले उत्कर्षमा प्राप्त गर्दै जाँदा अन्ततः तत्कालीन सात राजनीतिक दलसिहत माओवादीले गरेको विस्तृत शान्ति सम्झौताको परिणामस्वरूप संविधान सभामार्फत २०७२ सालमा मुलुकले गणतान्त्रिक सङ्घीयतासहितको संविधान प्राप्त ग-यो। हाल उक्त संविधानबमोजिम सङ्घीय गणतान्त्रिक राज्य प्रणाली अवलम्बन गरी मुलुक राजनीतिक रूपले अघि बढेको छ।
देशका परिवर्तनबारे जानकारी राख्नु वर्तमान सञ्चारको युगमा धेरै परको कुरा रहेन। फेरि राजनीतिको व्यापक सामाजिकीकरण, नवोदित व्यक्ति र दलहरूको आजको आक्रामक विस्तार र त्यसको शैलीबाटै प्रस्ट हुन्छ। शब्दको अनेक तानाबाना बुनेर यस परिस्थितिलाई इतिहासमा लेख्ने काम इतिहासकारले आफ्नो धर्म र सिद्धान्तअनुसार गर्दै गर्लान्। धेरै आशाले थिचिँदा–थिचिँदै आशाहरूकै चाङबाट टाउको उठाउन सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सुन्दर मौका प्राप्त गर्नुभएको छ। आशा गरौँ, उहाँ सफल प्रधानमन्त्रीको रूपमा दर्ज हुनुहुनेछ।
समाज भन्नाले मानिसको समूह तथा घरबस्तीको संरचनालाई लिन सकिन्छ। ‘समाज’ शब्दको अर्थ यतिमा मात्र सीमित छैन। यसअन्तर्गत मानिस, संस्था, पक्ष र अनेकौँ तह रहेका छन्। यसभित्र व्यक्तिका विभिन्न अन्तत्र्रिmया तथा उद्देश्य रहेका हुन्छन्। मानिससँग रहेका समान मूल्य र मान्यता, नाता, धर्म, आर्थिक संस्था, राजनीतिक क्रियाकलापले गर्दा समाजमा विद्रोह, द्वन्द्व तथा परिवर्तन हुने गर्छ। आजको समाज निर्माण हुनुमा आधुनिकीकरण प्रक्रियाले ठूलो भूमिका निर्वाह गरेको छ। आधुनिकीकरण प्रक्रियाले गर्दा सामाजिक प्रणाली, सामाजिक सम्बन्ध, परम्परागत विचार, व्यवहार आदिमा परिवर्तन आउँछ। यही परिवर्तनले नै समाजलाई रूपान्तरण गर्दै लगेको छ।