पछिल्ला दशकमा विश्वभरि नै गरिबी र असमानता बढिरहेको छ। नेपालमा पनि विगत वर्षमा भूकम्प, नाकाबन्दी, बाढीपहिरो र कोराना कहरले घट्दै गएको गरिबी र असमानता बढाएको छ। विश्व राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि अनुसन्धान सङ्गठन एफएओको पछिल्लो तथ्याङ्कअनुसार आठ करोड २८ लाख मानिस भोकमरीको चपेटामा छन्। तीन अर्ब १० करोड अर्थात् विश्वका ४० प्रतिशत मानिस स्वस्थ आहाराको पहुँचबाट वञ्चित रहेको एफएओको अनुसन्धानको रिपोर्ट छ।
जुम्लामा घर आगालागिबाट जलेर एक वालिकाको मृत्यु भएको छ ।
झापाको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको भद्रपुर नगरपालिकामा रहेको ‘किचकवध’ क्षेत्रको प्रवद्र्धनका लागि लाग्दै आएको मेलामा भक्तजनको भीड लागेको छ। मेला भव्य बनाउन भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले स्थानीयलाई सार्वजनिक बिदा पनि दिएका छन्। यस क्षेत्रको महत्त्वलाई दर्शाउनका लागि दुईवटा स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय लिएको जनाइएको छ।
सिद्धिचरण नगरपालिका–११, रमाइलोडाँडा जिरोप्वाइन्ट नजिकै तीन करोड बढी लागतमा बसपार्क निर्माण गरिएको छ। बस, ट्रक तथा अन्य साना ठूला सवारीसाधनलाई राख्न मिल्ने गरी बसपार्कको निर्माण गरिएको छ तर अहिले उक्त बसपार्क प्रयोगविहीन अवस्थामा छ। २०७१ सालमा सहरी विकास मन्त्रालयमार्फत दुई करोडभन्दा बढी रकम बसपार्क निर्माणका लागि प्राप्त भएको तत्कालीन नगर विकास समितिका संयोजक तथा सिद्धिचरण नगरपालिका–११ का निवर्तमान वडाध्यक्ष विनोद केसीले बताउनुभयो। त्यसपछि बसपार्क जाने सडक, ढल र बसपार्क निर्माणका लागि विभिन्न समयमा करिब तीन करोडभन्दा बढी बजेट खर्च भएको केसीको भनाइ छ। १० वर्षअघि बसपार्क निर्माण गर्न पाँच करोड लाग्ने डीपीआर बनाइएको थियो।
प्रदेश सभाको सोमबार बसेको बैठकले अघिल्लो सरकारले जारी गरेको अध्यादेश स्वीकृत गरेको छ। संसद् नभएको समयमा ल्याएको प्रदेश निजामती सेवासम्बन्धी अध्यादेश बैठकबाट सर्वसम्मतिले स्वीकृत भएको हो। सङ्घीय निजामती सेवा ऐन नआएको अवस्थामा प्रदेशमा कार्यरत कर्मचारीको सेवा, सुविधा र वृत्ति विकाससँग सम्बन्धित कार्यलाई नियमित गर्न सरकारले अध्यादेश जारी गरेको थियो। प्रदेश सभाको प्रथम अधिवेशनको पहिलो बैठकमा पेस भएको उक्त अध्यादेश सदनबाट स्वीकृत भएपछि बैठक सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ। बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री राजभण्डारीले सरकारले प्रदेश निजामती सेवा विधेयक र स्थानीय तहका कर्मचारीसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो।
कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने गौरा छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन । तत्कालीन माओवादी द्वन्द्वका बेला यो भन्सार कार्यालय विस्थापित भएको थियो । मुलुकमा शान्ति स्थापना भएको १५ वर्ष बित्दा पनि यो भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।
बालबिग्याइँ कर्तव्य ज्यान मुद्दाका जाहेरवाला दोलखाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत तामाङले जिल्लाबाट पहिलो पटक क्षतिपूर्तिबापतको एक लाख रुपियाँ राज्य कोषबाट पाउनु भएको छ ।
बालबालिकामा इन्टरनेटको पहुँच बढेसँगै अनलाइनमार्फत हुने यौन दुर्व्यवहार बढेको पाइएको छ । फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइवर, ह्वाटसअप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल तथा अनलाइन भिडियो गेममार्फत बाल यौन दुर्व्यवहार हुने गरेको विज्ञहरूले दाबी गर्नुभएको छ ।
सुनको मूल्यमा उतारचढाव भइहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा उतारचढाव आएसँगै नेपालको बजारमा पनि मूल्यमा घटबढ भइरहेको छ । बिहीबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपियाँमा कारोबार भएकामा शुक्रबार प्रतितोला एक लाख छ हजार एक सय, आइतबार एक लाख चार हजार एक सय रुपियाँमा कारोबार भयो । आइतबारको मूल्यमा पाँच सय रुपियाँ बढेर सोमबार एक लाख चार हजार छ सय रुपियाँ कायम भएको हो ।
अवैध रक्तचन्दन ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरिएको करिब डेढ दशकसम्म पनि व्यवस्थापन नहुँदा बेवारिसे अवस्थामा पुगेका छन्। अरनिको राजमार्ग हुँदै चीनतर्फ निकासी हुने रक्तचन्दन ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरिएको वर्षौंसम्म व्यवस्थापन नहुँदा कबाडीमा परिणत हुन पुगेका छन्।
चितवनको पटिहानीमा पाँच देशका गैँडाविज्ञहरूको तीन दिनसम्म चलेको सम्मेलन गैँडाको संरक्षण र सुरक्षाका विभिन्न विषयमा साझा धारणा सार्वजनिक गर्दै सम्पन्न भएको छ। विश्वमै लोपोन्मुख अवस्थामा रहेको एकसिङे गैँडाको संरक्षणमा चुनौती थपिएपछि विज्ञहरूको तेस्रो अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन चितवनको पटिहानीमा भएको थियो। माघ २० देखि २२ गतेसम्म चलेको सम्मेलनले संरक्षण, जनसङ्ख्या व्यवस्थापन, आवास व्यवस्थापन, अनुसन्धान अनुगमन र सूचना आदानप्रदान, समन्वय र सहयोगलगायत शीर्षकमा बुँदागत धारणा सार्वजनिक गरेको छ।
बागमती प्रदेशको प्रदेश सभाका सदस्यले नागरिकका समस्याप्रति प्रदेश सरकारलाई उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। प्रदेश सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक समयमा सुरु नभएको र प्रदेश सभा कामविहीन भएकाले बिजनेस दिन माग गर्नुभएको थियो। प्रदेश सभा सदस्य अमनकुमार मास्केले बैठकमा अझै पनि केन्द्रीकृत मानसिकता रहेकाले सङ्घीयताको औचित्य साबित गर्न प्रदेशलाई अझै क्रियाशील बनाउनु आवश्यक भएको बताउनुभयो। प्रदेश सभा सदस्य आशा लामाले हरिया डाँडाकाँडालाई उजाड बनाइएको र युवा पलायन भएको अवस्था रहेको भन्दै सङ्घीयतालाई देशले धान्न नसक्ने भएकाले व्यवस्थित गर्नु आवश्यक भएको औँल्याउनुभयो। यस्तै ईश्वर सापकोटा कृषिप्रधान देशका किसानले सडकमा तरकारी फाल्नुपर्ने अव
काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो ।
गुल्मीको सत्यवती गाउँपालिकाका कृषकले जिल्लामै सबभन्दा बढी किवी खेती गर्ने गरेका छन् । गाउँपालिकाको भार्सेमा हाल २२ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा गरिँदै आएकोे किवी खेतीबाट किसानले ३८ टन किवी उत्पादन गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यहाँ उत्पादन गरिएको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गरेको छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो राजनीतिक घटना क्रमका सन्दर्भमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो दल कांग्रेस सभापति देउवा र प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष ओलीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सरकार र संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको हो ।